Breaking news

रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा छोराद्वारा लाठी प्रहार गरी आफ्नै बुवाका हत्या

१४ मङ्सिर , रसुवा

रसुवामा छोराले लाठी प्रहार गरेर बुवाको हत्या गरेका छन्।

रसुवाका प्रहरी प्रमुख सुवास बुढाथोकीका अनुसार गोसाइँकुण्ड गाउँपालिका(५ सानुभार्खु निवासी अन्दाजी ४० वर्षीय गोपाल तामाङले गएराति ६५ वर्षे बुबा छेवाङ तामाङलाई लाठीले टाउकोमा हिर्काएर हत्या गरेका हुन्।

मादक पदार्थ सेवन गरेर उनले बुबालाई कुटपिट गरेको र वृद्धको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

परीक्षणका लागि शव रसुवा अस्पताल पु¥याइएको र छोरालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *