Breaking news

बढैयाताल गाउँपालिका १ का सुजन पुन मगर ब्राउन सुगर सहित पक्राउ

१७ मंसिर, २०८०

बर्दियाको बढैयाताल गाउँपालिकामा ब्राउनसुगर सहित एक जानलाई प्रहरीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बढैयाताल गाउँपालिका वडा न १ का २८ वर्षीय सुजन पुन मगर रहेका छन् । उनलाई प्रहरीले १ ग्राम ३ सय १० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धूलो पदार्थ सहित पक्राउ गरेको हो ।

भारतको बलैगाउ हुँदै बढैयातालको जमुनीतर्फ पैदल आउँदै गरेको उक्त पदार्थ सहित पक्राउ गरेको जिल्ला प्रशासन कार्यालय बर्दियाका सूचना अधिकारी डिएस्पी तुलसीराम अर्यालले जानकारी दिए ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको अर्यालले बताए।

 

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?