Breaking news

हार्दिक बधाई छ कविर जी , थप सफलताको कामना

अर्जुन सुवेदी

कबिरजी हार्दिक बधाई छ। मानिस अनुभव सिकाइ बिचारले मात्र खारिएर नहुने रहेछ। तपाई बैचारिक हिसाबले यो डिग्री उहिले प्राप्त गर्नु भएको थियो।

तर यहाँ बुर्जुवा मापनको मूल्य छ,परिवर्तनको एक कमान्डर परिवर्तनको एक गुरु परिवर्तनको एउटा योद्धा तपाईको मुहार आएको यो खुसिको अनेक कोडबाट बिश्लेषण गरे ।

तपाईमा यतिबेला मन भित्रै बाट आएको खुसि थाम्न नसकेर सुखका आँसु आएको तस्बिरमा देखे। तपाईको जीवन संघर्ष उपलब्धिलाई खोतल्दै गए ।तपाई शीत ठ्याक्कै भेट भएको दिन त मलाई याद छैन।

द्वन्द्वकालमा जनयुद्धका संचार माध्यमबाट तपाईको नाम सुन्ने गर्दथे ।औपचारिक रुपमा ६२/६३ को जन आन्दोलन पछाडी नै हाम्रो परिचय भेट भएको भन्ने मेरो अनुमान छ। तपाई शीत जतिबेला भेट भए केही कार्यक्रममा रहदा तपाईका बिचार भाबना सुन्दा तपाई खारिएको परिपक्व गुरुकै रूपमा पाए ।

बिपन्न कमैया परिवारमा जन्मेर कक्षा १० पढ्दा पढ्दै जनयुद्धमा होमिएको पात्र । जीबनमा केही गरौ भन्ने हुटहुटी भएको पात्र। जनयुद्धले शान्ती प्रकृयामा विश्राम लिए पछि एक कार्यक्रममा थारु पढेलेखेका छैनन् भन्ने कसैको आबाजले तपाईको भित्री मनलाई घोचे पछि २०५१ सालमा छाडेको कक्षा १० को परिक्षामा २०६५ सालमा सामेल भएर SLC पास गरेको पात्र ।

कतिपय तपाईका सहकर्मीले पनि हिजो बुर्जुवा ठानिएको शिक्षा हासिल गर्दै छ भन्ने संम गाईगुई सुने पनि आज यो बिभुषित भए पछि धेरैलाई थाहा भएको छ।

तपाईको यो सफल शैक्षिक यात्रालाई मैले धेरै कोणबाट नियाले । आर्थिक अबस्थाका कारण पढ्न नसकेर २०५१ सालमा ज्यालामजदुरी गर्न घरबाट हिडेका दिन, बुर्जुवा शिक्षा र तत्कालीन राज्यसत्ता परिवर्तनका लागि जनयुद्धमा होमिएका दिन, यो बुर्जुवा शिक्षा काम छैन भन्दै परिवर्तनको लाममा उभिन संगठन बनाउदै हिडेका तपाईका दिन धेरै कुराहरु केलाए ।

६२/६३को परिवर्तन हुदा, संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा हुदा, तपाई नगर प्रमुख हुदा आएका खुसी भन्दा हिजो औपचारिक शिक्षाबाट बिभुषित हुदा देखेको खुसिमा तुलना गरे । तपाईले जीबनमा प्राप्त गरेका धेरै खुसी मध्ये यो खुसी नै उत्कृष्ट खुसी हो भन्ने कुरा तस्बिरले बोलिरहेको पाए ।

एउटा संयोग नै मान्नु पर्छ हिजो अबस्था र ब्यबस्थामा परिवर्तनको युद्धमा होमिदा प्रचण्डकै मातहतमा होमिनु भएको थियो, आज समय क्रमले तिनै प्रचण्डको उपस्थितिमा तपाई बिभुषित हुनु भएको छ।

कबिर दुर्गा बहादुर थारु अब तपाई एउटा पाठशालामा रुपान्तरण हुनु भएको छ। अबका धेरै बिध्यार्थीले तपाईको बारेमा अनुसन्धान मुलक लेख थेसिस लेख्ने छ्न्। एउटा मकैयाको छोरा जनयुद्धमा कसरी होमियो ?

एउटा सामान्य किसान परिवारको छोरा कसरी स्थानीय सरकार प्रमुख बन्यो ? बुर्जुवा शिक्षा बहिष्कारको लाममा लागेको ब्यक्ति आज किन बिभुषित हुन पर्यो ? एउटा राजनैतिक कर्मिलाई औपचारिक शिक्षाको प्रमाणपत्र जरुरी छ कि छैन ? याबत प्रस्नहरुको उत्तर अबको युवाहरूलाई अनुसन्धान गर्न म अनुरोध गर्दछु ।

यो समाजले पढे लेखेका राजनीतिज्ञको खोजी गरि रहेको छ। निर्वाचनमा हुदा उम्मेदवारको शैक्षिक योग्यता तोकिनु पर्छ भन्ने आबाज उठिई रहेको छ । तपाई फेरि पनि राजनैतिक पात्र हो। हिजो अनुभव गरेको पात्र हुनुहुन्थ्यो आज अनुभव र पढेको पात्र बन्न सफल हुनुभएकोमा फेरि पनि हार्दिक बधाई छ कबिरजी यो शैक्षिक यात्राको निरन्तरताको कामना ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?