Breaking news

बर्दियाकी सन्तोषी थारु जसले फलाउँछिन् बार्है महिना तरकारी

बढैयाताल, बर्दिया

बढैयाताल गाउँ पालिका ५ कि सन्तोषी थारु सफल तरकारी ब्यबसायी हुन। उनी बढैयाताल हरियाली कृषक समुहकी अध्यक्ष पनि हुन्। उनी आफू मात्र हैन समुहका सदस्यलाई समेत तरकारी पेशामा आबद्ध गराउन सफल छिन।

साना किसान सहकारी संस्था मैनापोखरबाट ११५००००/ ऋण लिएर साढे तीन बिगाहा जमिन भाडामा लिई बाह्रै महिना तरकारी उत्पादन गर्दछिन्। उनलाई यो पेशामा पति सासु ससुराको राम्रो सहयोग र साथ छ। आफू मात्र हैन कामको चाप हेरि अन्य १५ जना कामदारलाई रोजगारी दिई तरकारी खेती गर्दै आएकी छिन।

बजारिकरण उन्नत मल बीउ सिचाईको समस्या भए पनि अझै डेढ बिगाह थप गरि ५ बिगाहमा तरकारी खेती गर्ने योजना रहेको बताईन्। उत्पादित तरकारी यतिबेला नेपालगन्ज कोहलपुर स्थानीय बजारमा खतम गर्दै आएकी छिन। बजार मुल्यको उतार चढाब भारतिय तरकारीको आयत जस्ता समस्या भए पनि बार्षिक १५ लाख बढिको तरकारी बेच्दै आएको बताइन् ।

आफू र आफ्नो परिवार यो पेशाबाट सन्तुष्ट रहेको बताउदै टनेल निर्माण र खेर जाने तरकारीलाई ब्यबस्थापन गर्न सहयोगको अपेक्षा राखेकी छिन। थोरै सहयोग पाए सस उधोग खोल्ने र खेर जाने टमाटरको ब्यबसायीकरण गर्ने योजना रहेको बताइन् ।

तपाईको घरमा कुनै पनि बेला बिबाह भोज भतेर भएमा तरकारी आबस्यक भए बाह्रै महिना तरकारी पाउन सकिने सन्तोषिको कृषि फर्ममा 9868964749 मा संपर्क गर्न सक्नु हुनेछ। स्थानीय उत्पादनको उपभोग गर्ने बानी हामी सबैले बसाल्न जरुरी छ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *