Breaking news

बढैयातालका युवाहरुले एक रुपैया अभियान सञ्चालन गरी जेहेनदार विद्यार्थीलाई गरे शैक्षिक सामाग्री सहयोग

सपना बि.क,  बढैयाताल

बढैयातालका युवाहरुले एक रुपैया अभियान सञ्चालन गरी आर्थिक अवस्था कमजोर भएका ६ जेहेनदार छात्रा विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरेका छन् ।

प्लान नेपाल र बिग्रुपको साझेदारीमा सञ्चालित बालविवाह , छिटो विवाह र जबरजस्ती विवाह रोकथाम परियोजना अन्तर्गत COC अर्थात Champions of Change ले सञ्चालन गरेको बालिका शिक्षाको लागि एक रूपैयाँ अभियान र “स्पना” चिया अभियानबाट जम्मा भएको रकमले आज मिति २०८१/०३/१ गते शनिबारका दिन बढैयाताल गाउँपालिका वडा नं ९ स्थित शक्तिनगर गाउँका ६ जना आर्थिक अवस्था कमजोर भएका बालिकाहरूलाई विद्यालयमा निरन्तरता गराउनका लागि झोला, कापी र कलम वितरण गरिएको छ ।

“बालिका शिक्षाको लागि एक रूपैयाँ अभियान” COC ले सञ्चालन गरेको अभियान हो। यसको उद्देश्य बालिकाहरूलाई पठनपाठनको लागि सहयोग गर्नु हो ।

यस अभियानमा घरदैलो, र्‍याली , गत तिहारमा देउसी भैलो जस्ता कार्यक्रमहरू सञ्चालन गरी पैसा जम्मा गरिएको थियो। त्यसैगरी बढैयाताल गाउँपालिकामा सञ्चालन भएको प्रथम माघी मेलामा “स्पना” चिया अभियान पनि सञ्चालन गरिएको थियो। उक्त अभियान सपना बि.क र स्वस्तिका खड्काद्वारा सञ्चालन गरिएको थियो ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *