Breaking news

पूर्वउपप्रधानमन्त्री रायमाझी र सचिव पाण्डे थुनामै रहने

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त नेकपा एमालेका नेता टोपबहादुर रायमाझी र पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत थुनामै रहने भएका छन् । पाटन उच्च अदालतले आदेश गरेको हो।

पूर्वगृहमन्त्री बालकृष्ण खाँणका हकमा न्यायाधीशहरूबीच रायबाझी भएको छ।यस्तै इन्द्रजित राई, आङटावा शेर्पा पनि थुनामै राख्न उच्च अदालतले भनेको छ।पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी १० लाख रूपैयाँ धरौटीमा छुट्ने भएका छन्।

टोपबहादुर रायमाझीका छोरा सन्दीपसँग ३० लाख धरौटी माग भएको छ।भुटानी शरणार्थी नेता टेकनाथ रिजालसँग १५ लाख धरौटी मागिएको छ।टंक गुरूङ साधारण तारेखमा छुट्ने भएका छन्।रामशरण केसीसँग १५ लाख धरौटी माग भएको छ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?