Breaking news

मुगुमा यातायात समितिले यात्रुहरू बाट चर्को भाडा असुली

कमल वि.क, मुगु –

मुगुमा यातायात समितिले सडक यात्रुहरू बाट चर्को भाडा लिले गरेको पाइएको छ।

मुगु सदरमुकाम गमगढीदेखि मुगुम कार्मारोङ्ग गाउँपालिकाको छायलसम्मको ट्रयाक खुलेसँगै गाडी (जीप) गुडेको देखेपछि स्थानीय नागरिक खुसी भएका थिए ।सडक यातायात पुगेपछि सहजताका साथ यात्रा गर्ने सपना देखेका यहाँका नागरिक चर्को भाडा तिर्न परेपछि निराश भएका छन् ।

सदरमुकामबाट छायल सम्म पुग्न करिव १७ किलो मिटर सडकमा जिपको भाडा दर ४ सय पच्चीस हो । तर रारा छायाँनाथ यातायात प्रा.लि यात्रुहरू बाट तोकिएको भन्दा बढी ७ सय लिएको छ देखिएको छ ।

गाडी पुग्दा स्थानिय नागरिक खुसी हुनुको साथै वर्षौ देखी पैदल यात्रा गर्दा थाकेका स्थानिय नागरिकलाई ठुलो राहत भएको महसुस गरेका थिए।जोखिमपूर्ण यात्राका साथैै व्यवसायीले मनोमानी भाडा असुल्दा विपन्न नागरिकलाई गाडी चढ्नै समस्या भएको मुगुम कार्मारोङ गा.पा. ८ का ग्याम्जो लामाले गुनासो गरेका छन् ।

यातायात समिति र यातायात व्यवसायीले मनोमानी भाडा असुली गरे पछि मुगुम कार्मारोङ गा.पा. ९ चिमातका बसन्त बहादुर बढुवालसहित आठ जना यात्रुहरूले फागुन ३ गते दिउँसो जिल्ला प्रशासन कार्यलयमा चर्को भाडादर लिने यातायात समिति र यातायात व्यवसायी उपर कारवाही गर्न पत्र दिएका छन् ।

यता जिल्ला प्रशासन कार्यलयले यात्रुहरूको गुनासो आएपछि फागुन ४ गते मुगु जिल्लामा रहेका रारा छायाँनाथ यातायात प्रा.लि र खापर मष्टा यातायात प्रा.लि लाई जिल्ला भित्र आवत जावत गर्ने सवारी साधनको हकमा स्थानीय बजार मूल्य र सडकको अवस्थालाई मध्यनजर गर्दै मुगु जिल्लाभर निम्न बमोजिमको भाडा दर कायम भएको निर्णयहरु कार्यान्वयन गर्न पत्र पठाएको छ।
पत्रमा निम्न निर्णयहरू उल्लेख गरेको छ ।

१. बसको भाडादर प्रति किलोमिटर रु.१५।- (पन्ध्र) कायम गर्ने ।

२. जिपको भाडादर प्रति किलोमिटर रु.२५।- (पच्चीस) कायम गर्ने३

. यातायात व्यवसायीहरुले अनिवार्य रुपमा टिकट काट्ने व्यवस्था मिलाउने साथै भाडादर सबैले देखे गरी टिकट काउन्टर तथा सबै सवारी साधनमा राख्ने व्यवस्था मिलाउने ।

ग्रामीण क्षेत्रमा रहेका सडकमा यातायातका व्यवसायीले मनोमानी भाडा असुल्ने प्रवृत्ति बढिरहेको छ । अधिकांश सडकमा ठूला गाडी नचल्ने भएकाले जिपले यात्रु हेरेर भाडा लिँदा विपन्न नागरिकलाई गाडी चढ्नै समस्या भएको छ । स्थानीय प्रशासनले निर्धारण गरेको भाडाभन्दा तीन गुणासम्म भाडा असुल्न थालेपछि यात्रु मर्कामा परेका छन् ।

लामो समय यता जिल्ला भित्र चल्न सवारीसाधनको भाडादर नियम अनुसार लिएरको पाईदैन् । दिनहुँ सर्वसाधारणले जिपमा यात्रा गर्दा चर्को भाडा दिदै आएका छन् । पटकपटक नियमअनुसार भाडादर कायम गर्ने भने पनि यातायात समितिले विभिन्न बहानाबाजी गर्दै नियम मिच्दै यात्रुहरू बाट चर्को भाडादर असुल्न छोडेको छैन ।

जिल्ला प्रशासन मुगुले फागुन ४ गते भाडादर पुरानै तोकिएको भाडा लिन र कायमै गर्न पत्र पठाएपछि रारा छायाँनाथ यातायात प्रा.लि ले फागुन ६ गतेबाट नै उक्त भाडादर कायम गर्ने भनेर पत्र निकालेको छ ।

मुगुम कार्मारोङ गा.पा. ९ चिमातका बसन्त बहादुर बढुवालसहित आठ जना यात्रुहरूले फागुन ३ गते जिल्ला प्रशासन कार्यलयमा चर्को भाडादर लिने यातायात समिति र यातायात व्यवसायी उपर कारवाही गर्न पत्र दिएको।

छाईलदेखि गुमगढीसम्मको तोकिएको ४ सय पच्चीस भाडा नलिई प्रतिव्यक्तिबाट ७ सय भाडा लिएको टिकट ।

जिल्ला प्रशासनले गरेको निर्णय र भाडा निर्धारण गरेको पत्र

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *