Breaking news

फेसबूक, युट्युब, लगायत अन्य सम्पूर्ण सामाजिक सञ्जालका प्लेटफर्म बन्द गर्न माग गर्दै सरकारलाई निवेदन

१४ मंसिर, काठमाण्डौ

विगतका दिनहरूमा सामाजीक सञ्जालमा राम्रो चर्चा पाएका सामाजिक अभियन्ताको रूपमा पहिचान बनाएका युवराज पौडेल ‘सफल’ले टिकटकपछि अन्य सामाजिक सञ्जाल बन्द गर्न माग गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा निवेदन दिएका छन् ।

बिहीबार फेसबुक, यूट्युब, इन्स्ट्राग्रामलगायतका सामाजिक सञ्जाल प्लेटफर्ममार्फत अपराधजन्य घटनाहरू बढिरहेको भन्दै कानुनी दायरामा नआउन्जेलसम्मको लागि बन्द गर्ने व्यवस्था गर्न माग गर्दै निवेदन दिएका हुन् ।

नेपाल समाजवादी मोर्चाको नामबाट दिइएको निवेदनमा सबैजसो सामाजिक सञ्जालका प्लेटफर्मलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरिएको छ ।

यसअघि मोर्चाको तर्फबाट युवराज सफलले नै टिकटक बन्द गर्न माग गर्दै सञ्चार मन्त्रालयमा उजुरी दिएका थिए । जुन उजुरीपछि सरकारले गत कात्तिक २७ मा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

तर, उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा दर्जन बढी रिट दायर भएका छन् । जुन रिटमाथि सुनुवाई प्रक्रिया चलिरहेको छ ।

सँगै, यसबीचमा सरकारले सामाजिक सञ्जाल नियमन गर्नेगरी सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० जारी गरेको छ । जुन निर्देशिकाअनुसार सामाजिक सञ्जाललाई व्यवस्थित गरिने सरकारको भनाई छ ।

युवराज सफलले भने उक्त प्रक्रिया पुरा नहुन्जेलसम्म सबैजसो प्लेटफर्महरू बन्द गर्न माग गरेका हुन् ।

May be an image of text

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *