Breaking news

धरौटी बुझाउन नसकेपछि छुटेनन् टेकनाथ रिजाल

२० मंसिर, २०८०

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउन संलग्न रहेको अभियोग लागेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिए पनि उनी छुटेका छैनन् ।

मंसिर १५ गते अदालतले रिजालसहित ७ जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो । तीमध्ये ६ जना धरौटी बुझाएर छुटिसकेका छन् ।

उच्च अदालत पाटनका न्यायाधीशहरू जनक पाण्डे र प्रकाश खरेलको इजलासले रिजाललाई १५ लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएका थिए ।

रिजालले अदालतको आदेशलगत्तै कारागारको आन्तरिक प्रशासनका कर्मचारीसँग आफूले उक्त धरौटी बुझाउन नसक्ने प्रतिक्रिया दिएका थिए । उनले धरौटी नबुझाएकै कारण बिहीबारसम्म पनि थुनामै छन् ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?