Breaking news

बालकुमारी घटना बारे बोल्दै रवि लामिछानेले भने , ” दुई होनहार युवा देश छोड्न खोज्दै थिए, सरकारले संसार छोड्नु पर्ने बनाइदियो

१३ पौष, काठमाण्डौ

कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा दुई युवकको मृत्यु भएको छ ।

उक्त घटनामा सरकारको कमजोरी देखाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुःख व्यक्त गरेका छन् ।

शुक्रबार साँझ सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै उनले बालकुमारी घटनामा ज्यान गुमाएका दुई युवाहरुले देश छोड्न खोजेको तर सरकारले संसारनै छोड्नु पर्ने बनाइदिएको बताएका छन् । ‘दुई होनहार युवा देश छाड्न खोज्दै थिए, संसार छाड्नु पर्ने बनाइ दिए। यो राज्यले गरेको हत्या हो, जुन राज्यका गृहमन्त्री सर्वहारा वर्गको नारा लगाउँदै त्यो पदमा पुगेका हुन्।’, उनले भने ।

उनले आफ्नो फेसबुक स्टाटस मार्फत दुःख व्यक्त गरेका हुन् ।

फेसबुक स्टाटस 

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *