Breaking news

छोराको कुटाइबाट घाइते भएकी आमाको मृत्यु

२६ मंसिर ,२०८०

आफ्नै छोराले कुटपिट गर्दा घाइते भएकी टेम्केमैयुङ गाउँपालिका-५ खावा बस्ने ४६ वर्षीया पवित्रा देवी राईको मृत्यु भएको छ ।

घरायसी विवादका कारण उनकै छोरा २० वर्षीय सन्देश राईले मंसिर ९ गते कुटपिट गरेको र सोही कारण बिरामी भएकी पवित्राको उपचारको लागि जिल्ला अस्पताल भोजपुर लैजाने क्रममा आइतबार दिउँसो बाटोमै मृत्यु भएको हो ।

अभियुक्त सन्देशलाई प्रहरीले पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?