Breaking news

ग्रेस इन्टरनेसनलकाे १४ औं शाखा सुर्खेतमा

सुर्खेत

उच्च शिक्षा हासिल गर्न विदेश जाने विद्यार्थीलाई सही परामर्श गर्ने प्रतिष्ठित शैक्षिक परामर्श संस्थाका रुपमा स्थापित ग्रेस इन्टरनेशनलले आफ्नो शाखा सुर्खेतमा पनि विस्तार गरेको छ । ग्रेस इन्टरनेशनलका संस्थापक निर्देशक एन्ड्रयु पौडेलले शुक्रबार वीरेन्द्रनगर ६ मा १४ औं शाखाको औपचारिक उद्घाटन गरेका हुन्

यो सन् २००६ बाट सञ्चालनमा आएको हो । ग्रेसका संघीय राजधानी काठमाडौंका साथै चितवन, नेपालगञ्ज, पोखरा, हेटौंडा, वुटवल लगायतका सहरहरुमा शाखा कार्यालय रहेका छन् । ग्रेस इन्टरनेशनलका संस्थापक निर्देशक पौडेलले लामो समय विदेश बसेर आएका, एब्रोड स्टडीका विषयमा अनुभव हासिल गरेका काउन्सलरहरुले विद्यार्थीको शैक्षिक, आर्थिक र मनोभावना बुझेर काउन्सेलिङ गर्ने बताए । नेपाली विद्यार्थीहरु उच्च शिक्षा हासिल गर्न, अन्तराष्ट्रिय डिग्री र सिप हासिल गर्नका लागि विदेश अध्ययन गर्न जाने भएकाले सही परामर्शको खाँचो रहेको उनको भनाई छ ।

‘हामी विद्यार्थीलाई विदेश पठाईसकेपछि हाम्रो काम सकियो भनेर कहिल्लै भन्दैनौं, उनीहरुलाई त्यहाँ स्थापित गर्न समेत सहयोग गर्छौं, यसका लागि ती देशहरुमा कार्यालय खोलेका छौं, ती कार्यालयबाट विद्यार्थीलाई काम खोज्न सहयोग गर्ने, कलेजसँग समन्वय गर्छौं, उनले भने, उनीहरुको परिवारसँग समन्वय गर्ने समेतका काम गर्छौं, विदेश जानुअघि विद्यार्थी र विश्वविद्यालय बीच तथा विद्यार्थी गईसकेपछि अभिभावक र विद्यार्थी बीचपनि पुलको भूमिकामा हुन्छौं ।’

सुर्खेत शाखाका निर्देशक विशाल ढकालले नेपाल सरकारबाट मान्यता प्राप्त दक्ष तथा अनुभवी शैक्षिक परामर्शदाता कम्पनी भएकाले कर्णाली प्रदेशका विद्यार्थीहरु आर्कषित भएको दाबी गरे । उनका अनुसार ग्रेसले अस्ट्रेलिया, अमेरिका, क्यानडा, न्युजील्याण्ड, जापान, बेलायत जस्ता विश्वका उत्कृष्ट शिक्षा प्रणाली भएका देशका उत्कृष्ट विश्वविद्यालय र कलेजका लागि विद्यार्थी पठाउँदै आएको छ ।

अध्ययन भिसामा जान चाहने विद्यार्थीहरुका लागि अब कर्णाली प्रदेशको सुर्खेतबाटै अन्तराष्ट्रिय भाषा कक्षाहरु IELTS, TOEFL, GMAT, SAT को तयारी कक्षा शुरु गरिएको हो । विद्यार्थीहरु भाषा कक्षा पढ्न काठमाडौं जानुपर्ने, ठगीजस्ता समस्या झेल्नुपर्ने बाध्यता अब हट्ने ढकाल बताउँछन् ।

विद्यार्थीलाई करियर काउन्सेलिङ गर्नेदेखि विदेशका उत्कृष्ट विश्वविद्यालय र कलेजमा भर्ना गर्ने तथा डकुमेन्टेशनका विविध कामहरु ग्रेसले गर्दै आएको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *