Breaking news

निष्क्रिय जिमेल अकाउन्ट शुक्रवारदेखि डिलिट गर्दै गुगल, तपाईंको त पर्दैन अनि जोगाउने कसरी ?

१३ मंसिर, काठमाडौं ।

निष्क्रिय गुगल अकाउन्टलाई सदाका लागि डिलिट गर्ने मिति नजिक आइरहेको छ । यदि तपाईंले गत २४ महिनादेखि अहिलेसम्म आफ्नो गुगल अकाउन्टमा एक पटक पनि लगइन गर्नु भएको छैन भने अब त्यसमा तपाईंले पुन: पहुँच पाउन सक्नु हुने छैन ।

किनकि गुगलले त्यस्ता अकाउन्टलाई आउँदो शुक्रवार अर्थात् डिसेम्बर १ देखि चरणबद्ध रूपमा डिलिट गर्दै छ ।

आउँदो डिसेम्बर १ देखि दुई वर्षसम्म एक पटक पनि लगइन नगरेका अकाउन्ट, बनाएर कहिल्यै प्रयोग नगरिएका अकाउन्ट र कहिलेकाँही मात्र प्रयोग गरिएका अकाउन्ट गुगलको डिलिट गर्ने सूचिमा पर्ने छन् । त्यसरी डिलिट गरिएका अकाउन्टसँग सम्बन्धित सबै डेटा पनि प्रयोगकर्ताले गुमाउने गुगलले जनाइसकेको छ ।

तर यदि तपाईंसँग पुराना अकाउन्ट छन् भने यो समय तिनलाई जोगाउने तर्फ लगाउन तर्फ लाग्नुहोस् ।

किन निष्क्रिय अकाउन्ट डिलिट गर्दैछ गुगल?

विशेषत: सुरक्षाको विषयले गर्दा यस्तो कदम चाल्नु परेको गुगलले जनाएको छ । बिर्सिएका वा निष्क्रिय रहेका अकाउन्टमा पुरानो वा पुन: प्रयोग गरिएका पासवर्ड हुने, टु फ्याक्टर अथेन्टिकेसन सेट अप नहुने र प्रयोगकर्ताले सुरक्षा मापन नगर्ने भएकाले डिलिट गर्न लागिएको गुगलको तर्क छ ।

त्यस्तै सक्रिय अकाउन्टको तुलनामा निष्क्रिय अकाउन्टमा टु फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्ने सम्भावना १० गुणाले कमी हुने र स्पाम तथा मालिसियस कन्टेन्ट फैलाउन त्यस्ता अकाउन्ट प्रयोग हुन सक्ने भएकाले पुनः सिर्जना नहुने गरी त्यस्ता अकाउन्ट बन्द गर्न लागिएकाे गुगलको भनाइ छ ।

अकाउन्ट डिलिट हुनबाट जोगाउने कसरी ?

यसबारे गुगलले गत मे महिनामा एक ब्लग पोस्ट गर्दै केही तरिकाहरू शेयर गरेको थियो । उक्त पोस्ट अनुसार दुई वर्षमा कम्तिमा एक पटक लगइन गरेको खण्डमा अकाउन्ट डिलिट हुनबाट जोगाउन सकिन्छ । यो नै अकाउन्टलाई डिलिट हुनबाट बचाउने सबैभन्दा सरल तरिका हो ।

यसरी गुगलका विभिन्न सेवाहरू लिनका निम्ति अकाउन्ट लगइन गर्नु हुन्छ भने त्यो अकाउन्ट सक्रिय भएको मानिन्छ । त्यसक्रममा तपाईंले निम्न गतिविधि गर्न सक्नु हुन्छ ।

टेकपाना

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *