Breaking news

नेपाल बायुसेवा निगमका कार्यकारी प्रमुख युवराज अधिकारीले भ्रस्टाचार गरेको कर्माचारीको आरोप, कार्यकारी प्रमुखलाइ कार्यालय भित्र छिर्न निषेध

१७ मंसिर, २०८०

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारिको बर्खास्तीको माग राख्दै कर्मचारीले आन्दोलन सुरू गरेका छन् । एयरलाइन्स डुबाउन लागेको भन्दै कर्मचारीहरूले गेटमै धर्ना दिएर अधिकारीलाई कार्यालय भित्र छिर्न रोकेका छन् ।

निगमको प्रमुख स्रोतको रूपमा रहेको त्रिभुवन विमानस्थलको ग्राउण्ड हेण्डलिङ जोगाउन नसकेको, निगमको अन्तर्राष्ट्रिय उडानमा रहेका जहाजको नियमित मर्मततर्फ ध्यान नदिएको, ज्यालादारी र करारका कर्मचारी मनोमानी नियुक्ति गरी स्थायी योग्य र कुशल कर्मचारीको मनोबल गिराउने काम गरेको उनीमाथि आरोप छ ।

नेपाल वायुसेवा निगमका कर्मचारी मान बहादुर कुँवरका अनुसार बर्तमान कार्यकारी प्रमुख युबराज अधिकारी आएपछि प्रत्येक २/२ महिनामा हवाइजहाज गराउन्डेड हुने , त्येही गराउन्डेड जहाजलाई बनाउने बहानामा मर्मतका नयाँ सामानहरु भाडामा ल्याउने र महिनौ दिन राखेर अध्यक्ष अधिकारिले दोहोरो कमिसन खाने गरेका छन् । येही बिसयमा कुवरले आवाज उठाउदा र बिरोध गर्दा निज अध्यक्ष अधिकारी निकट केहि युवाहरुको जमातद्वारा कुवरमाथि हातपात भएको भनेर कुँवरले राष्ट्रिय संचारलाई बताए। केही दिन पहिलेमात्रै नेपाल उडड्यन प्राधिकरणले निगमले एकाधिकार पाएको ग्राउन्ड ह्यान्डलिङको जिम्मा खुल्ला प्रतिस्पर्धाबाट दिने निर्णय गरेको थियो ।

वर्षौंदेखि सञ्चालनमा नरेहको र व्यवस्थित गर्न नसकिएको पाँच थान चिनियाँ जहाज र त्यसका करोडौं मूल्यका पार्टपूर्जाहरू बेवारिसे अवस्थामा छाडिएको भन्दै कर्मचारीले ध्यानाकर्षण गराएका छन् । फेज आउट भइसकेको 9N-ACB कलसाइनको जहाजलाई पार्किङ्ग इन्सुरेन्स बापत निगमलाई आर्थिक व्ययभार बढाउँदै लगिएको पनि आन्दोलन कर्मचारीहरुले औंल्याएका छन् ।

कार्यकारी प्रमुख अधिकारीलाई बर्खास्ती गर्नुपर्नाको ९ वटा कारण राखेर आफूहरूले आन्दोलन थालेको निगम कर्मचारी संघका अध्यक्ष मानबहादुर कुँवरले जानकारी दिए ।

अध्यक्ष अधिकारी यस अघि पनि बिबादमा तानिएका थिए। उनि विरुद्ध ६ वर्ष अगाडि कार्यलयमा यौनजन्य हिंसा गरेको भन्दै उजुरी परेको थियो ।महिला आयोगमा दिइएको उजुरीमा अधिकारीले महिला कर्मचारीहरुलाई आफ्नो कार्यकक्षमा बोलाएर यौन हिंसाजन्य क्रियाकलाप गर्ने, यौनजन्य क्रियाकलापको प्रयास गर्ने तथा दूरासयपूर्ण व्यवहार प्रदर्शन गर्ने गरेको उल्लेख थियो।

पीडित’ महिला कर्मचारीले उजुरीमा उल्लेख गरेअनुसार अधिकारीले पटक–पटक आफ्नो कार्यकक्षमा बोलाइ पदोन्नतिका लागि कार्य सम्पादन मूल्याङ्कनको प्राप्ताङ्क बढाइदिने, विदेशस्थित स्टेशनमा काज मिलाइदिने र राम्रो ठाउँमा सरुवा तथा जिम्मेवारी मिलाइ दिने आदि प्रलोभन दिने गरेका थिए।

उनले महिला कर्मचारीलाई विदेश घुम्न जान तथा रमाइला गर्नका लागि समेत प्रस्ताव राख्न गरेका थिए। यस घटनालाइ निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंशाकारको पहलमा अधिकारीले आगामी दिनमा गल्ती (यौन हिंसाजन्य क्रियाकलाप) नदोहोर्‍याउने सर्तमा मिलापत्र भएको थियो।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?