Breaking news

खेत जोतिरहेका किसानको करेन्ट लागेर मृत्यु

२३ मंसिर रौतहट

रौतहटको माधवनारायण नगरपालिका–७ लौकाहामा करेन्ट लागेर शनिबार एक जनाको मृत्यु भएको छ । खेत जोतिरहेका बेला विद्युत्‌को तार खसेर लाग्दा स्थानीय बैजुलाल पण्डितको करेन्ट लागेर मृत्यु भएको हो । पण्डितसँगै करेन्टले एउटा गोरु पनि मरेको छ ।

लौकाहा गाउँ छेउको खेतमा हलो जोतिरहेका बेला नजिकै रहेको ११ हजार भोल्टको तार खसेर करेन्ट लागेपछि पण्डित र गोरुको मृत्यु भएको जिल्ला प्रहरी गौरले जानकारी दिएको छ । घटनाको खबर पाएलगत्तै जिल्ला प्रहरीबाट प्रहरी निरीक्षक झलक शर्माको टोली पुगेर अनुसन्धान सुरु गरेको जनाइएको छ ।

‘विद्युतको पोलबाट नांगो तार खेतमा कसरी र कुन बेला खस्यो भन्ने यकिन भइसकेको छैन,’ प्रहरी निरीक्षक शर्माले भने, ‘घटनाको अनुसन्धान हुँदै छ । केही निष्कर्ष निस्किएपछि मात्र कारण थाहा हुन्छ ।’

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *