सपना विक , बढैयाताल
पछिल्लो समय बढैयातालका युवाहरु सामाजिक कामहरूमा निकै नै सक्रिय रहेका छन् ।
जेठ ३० गते बुधबारका वडा नं ८ मा युवाहरूले सरसफाई अभियान सञ्चालन गरी समापन गरेका छन् ।
प्लान नेपाल र बि -ग्रुपको साझेदारीमा सञ्चालित बालविवाह, छिटो विवाह र जबरस्ती विवाह रोकथाम परियोजना अन्तर्गतका COC का किशोरीहरु र बढैयाताल ८ का “प्रतिभाशाली” युवा क्लब का किशोरीको समन्वय मा बढैयाताल वडा नं ८ मा जेठ ३० गते बुधबारका वडा नं ८ को कार्यालयदेखि नयाबस्ती फुटबल मैदानसम्म सरसफाई अभियान तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
यस युवा क्लबका युवाहरूले विगत देखि विभिन्न सामाजिक अभियानहरू सञ्चालन गर्दै आइरहेका छन्। फोहोर मैला का कारणबाट लाग्ने विभिन्न रोगहरूबाट बच्नको लागि र “हाम्रो बढैयाताल राम्रो बढैयाताल” बनाउन का लागि यस सरसफाई अभियान तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो।
युवा क्लबकी अध्यक्ष स्वस्तिका खड्का भन्छिन्” परिवर्तन आजैबाट र आफैबाट सुरु गरौं परिवर्तन सम्भव छ”। उनी भन्छिन् “युवाहरूले गरेका यस्ता अभियानबाट समाजमा सकारात्मक परिवर्तन देख्न सकिन्छ त्यसैले युवाहरु लाई अवसर दिनुपर्छ”।