Breaking news

वृद्धाश्रमले दलितलाई बस्न नदिएको आरोप

२२ मंसिर, विराटनगर ।

विराटनगरको एक वृदाश्रममाथि दलित महिलालाई बस्न नदिएर फर्काएको आरोप लागेको छ । उर्लाबारी नगरपालिकाको सिफारिस लिएर विराटनगरको जागृति वृद्धाश्रम गएकी ६२ वर्षीया शोभा सुन्दासलाई आश्रमले थर सोधेर फर्काइदिएको आरोप लागेको हो ।

शोभाका सन्तान छैनन् । आफन्त पनि छैनन् । अर्काको घरमा बस्दै आएकी उनले वृद्धा आश्रममा बस्न चाहेपछि उर्लाबारी नगरपालिका–१ की वडा सदस्य टीका भुजेलले विराटनगरको जागृति वृद्धश्रममा बस्नका लागि वडाबाट सिफारिस पत्र बनाइदिएकी थिइन् । तर थर सोधेर आश्रमले शोभालाई फर्काएको वडा सदस्य भुजेलले बताइन्

उहाँको कोही छैन, असहाय मान्छे हो,’ भुजेलले भनिन्, ‘आश्रममा के थरी भनेर सोध्दा उहाँले दमाई भन्नुभयो, त्यसपछि यस्तो जातको त हामीले राख्ने गरेको छैन भन्नुभयो ।’

उर्लाबारी नगरपालिका–३ ले शोभा सुन्दासलाई यही मंसिर १४ गते सिफारिस पत्र बनाइदिएको थियो । सोही सिफारिस पत्र बोकेर उनी १५ गते आश्रम गएकी थिइन् । तर आश्रमका सञ्चालकले ‘दलित रहेछौ’ भन्दै बस्न नदिएपछि उनी उर्लाबारी–७ मा अर्काको घरमा बस्दै आएको वडा सदस्य भुजेलको भनाइ छ ।

सहारा खोज्दै आश्रम पुगेकी शोभा आश्रमबाटै अपहेलित भएको भन्दै दलित अधिकारकर्मीको सहयोगमा प्रहरी कार्यालय पुगेकी थिइन् । उनले बिहीबार नै जिल्ला प्रहरी कार्यालयमा निवेदन पनि दिएकी छन् ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?