Breaking news

विराटनगरको मुख्य बजारमा आगलागी

२० मंसिर, विराटनगर।

विराटनगरको मुख्य बजारमा रहेको कवाडी गोदाममा भएको आगलागीमा परी घाइते भएकाहरुलाई उपचारका लागि काठमाडौं पठाउने तयारी भएको छ ।

विराटनगर महानगरपालिका–७ सातघुम्तीमा रहेको कवाडी गोदाममा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ ।

घाइते चारै जनालाई उपचारका लागि काठमाडौं लैजाने तयारी भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

घाइते चारमध्ये दुई जनाको अवस्था गम्भीर छ’ उनले भने, ‘चारैजना घाइतेलाई थप उपचारका लागि काठमाडौ पठाउने प्रयास गर्दैछौं ।’

आगलागीमा परी विराटनगर–६ की अन्दाजी ६० वर्षीया रीता सरदार, विराटनगर–६ की अन्दाजी ६५ वर्षीय सुशीला पासवान, मोरङको कटहरी गाउँपालिका–६ की अन्दाजी ३० वर्षीया पिंकी कामत र विराटनगर–६ का अन्दाजी ५८ वर्षीय किशोर कामत घाइते भएका छन् । प्रहरीका अनुसार रीता र सुशीलाको अवस्था गम्भीर छ ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *