Breaking news

धनुषामा ३५ वर्षीय युवा मृत फेला

२१ मंसिर, जनकपुरधाम ।

धनुषामा एक व्यक्ति मृत फेला परेका छन् । सबैला नगरपालिका ९ सतोखरका ३५ वर्षीय रामशंकर राय बुधबार साँझ साढे ६ बजेतिर मृत फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक सुन्दर चौलागाइका अनुसार दिउँसोदेखि अत्यधिक मदिरा सेवन गरेका राय साँझ सबैला नगरपालिका ३ स्थित नालामा शौच गर्न गएका थिए । उनी त्यहीँ मृत फेला परेको प्रहरीको भनाइ छ ।

रायको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चौलागाइले बताए ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?