Breaking news

मुगुमा लागूऔषध (खैरो हेरोईन ) कारोबार गर्ने एकजना पक्राउ

कमल बिक ,मुगु

मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं. ०१ छत्यालवाडा स्थायी घर भई हाल ठिनी बस्ने बर्ष १८ का कमल मल्ललाई लागू औषध (खैरो हेरोईन) कारोबार गर्ने भन्दै मंगलबार प्रहरीले पक्राउ गरेको छ।

प्रहरीलाई गोप्य सूचनाको आधारमा प्रहरी टोलीले खोजतलास गर्दै जाँदा कमल मल्ललाई मुुगुको छायाँनाथ रारा नगरपालिका वडा नं. ०२ गमगढी न्यूरोड स्थित कच्ची सडक खण्डमा फेला पारी कमल मल्लको शरिरमा खानतलासी गर्दा उनले लगाएको खैरो रंगको मोजा भित्र कागज सहित ३०० मिलिग्राम (शुद्द तौल ६० मिलिग्राम) लागू औषध (खैरो हेरोईन) लुकाई छिपाई राखेको अवस्थामा फेला पारी प्रहरीले बरामद गरेको हो ।

कमल मल्लको घर वतनमा गई प्रहरीले खानतलासी गर्दा उनको कोठामा कागज सहित ३३० मिलिग्राम (शुद्द तौल ११० मिलिग्राम) लागू औषध (खैरो हेरोईन) लागु पदार्थ, नगद नेपाली रु. १६,०००।- (सोह्र हजार) फेला पारेर बरामद गरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापालेजानकारी दिए।

प्रहरी नायब उपरीक्षक थापाका अनुसार कमल मल्ललाई पक्राउ गरी हिरासत कक्षमा राखी थप अनुसन्धान जारी रहेको उनलेे जानकारी दिएका छन् ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *