Breaking news

सन्नी देओल हराएको सूचना, फेला पार्नेलाई ५० हजार रुपैयाँ पुरस्कार

पठानकोट ।

दमदार अभिनयका कारण भारतमा बलिउड अभिनेता सन्नी देओलका करोडौँ फ्यानहरू छन् । तर पञ्जाबमा भने मानिसहरू उनीसँग रुष्ट छन् । त्यहाँ एकपटक फेरि उनी ‘हराएको सूचना’ प्रकाशित गरिएको छ । यति मात्र होइन उनलाई खोजेर ल्याउनेलाई ५० हजार भारतीय रुपैयाँको पुरस्कारसमेत घोषणा गरिएको छ ।

यसरी सन्नी हराएको पोस्टर लगाइएको पहिलोपटक भने होइन । सन्नी गुरदासपुर–पठानकोट लोकसभा सिटबाट निर्वाचित भाजपा सांसद हुन् । तर सांसद बनेदेखि जिल्लामा नदेखिएको र विकासको काम पनि नगरेको स्थानीयको आरोप छ ।

पठानकोट जिल्लाको हलका भोआका मानिसहरूले सरना बसपार्कमा सन्नी हराएको पोस्टर लगाउँदै आक्रोश व्यक्त गरेका छन् । यसअघि हल्का पठानकोट र सुजनापुरमा पनि सन्नी हराएको पोस्टर लगाइएको थियो । यसपछि पनि भाजपा सांसद आफ्नो लोकसभा क्षेत्रमा पुगेनन् ।

स्थानीयहरूले सन् २०२४ को लोकसभा चुनावमा यस्ता मानिसलाई पुनः टिकट नदिन आग्रह गरेका छन् । उनीहरूले सन्नीले आफूहरूलाई बेवकुफ बनाएर जीत हासिल गरेको आरोपसमेत लगाएका छन् ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?