Breaking news

बी वान ग्रुप’ ले १५ जना विद्यार्थीलाई ३० लाख छात्रवृत्ति प्रदान गर्ने

१७ जेठ, सुर्खेत

बी वान ग्रुप अफ कम्पनी’ ले प्लस टु र स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत १५ जना जेहेनदार विद्यार्थीलाई ३० लाख रुपैयाँ बराबरको छात्रवृत्ति योजना ल्याएको कम्पनीका कार्यकारी निर्देशक त्रिभुवन ढकालले जानकारी दिएका छन् ।

उक्त छात्रवृत्ति योजनामा समावेस हुन यस वर्षको एसईई र प्लस टु सकेर बसेका विद्यार्थीहरूले निःशुल्क अनलाइन माध्यमबाट फर्म भर्नुपर्ने हुन्छ । अनलाइन माध्ययमबाट परेका आवेदनबाट देशभरका १५ उत्कृष्ट विद्यार्थी छनोट गरी मुलुकभर तथा जापान, कोरिया, बेलायत, न्यूजिल्याण्ड र दुवईका जुनसुकै कलेजमा जुनसुकै विषय पढ्न पाउने गरी आंशिक वा पूर्णरुपमा छात्रवृत्तिको व्यवस्था मिलाइने निर्देशक ढकालले बताए ।

यो योजना सन् २०२४ का ल्याइएको उनले बताए । कम्पनीले काठमाडौं, चितवन, बुटवल र सुर्खेतमा रहेर शिक्षा, प्रविधि, कृषि र पर्यटन क्षेत्रमा काम गर्दै आएको छ । कम्पनीले यसअघि २०७७ मा पाँच जना जेहेन्दार विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा अध्ययन गराइ सकेको छ । छात्रवृत्ति योजनामा समावेश हुने रकम कम्पनीले आफ्नै आम्दानीबाट व्यहोर्ने छ ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?