Breaking news

जुम्ला रारा सुरुङ मार्ग बनाउन योजना आयोगलाई मुगालिको सुझाव

कमल बिक मुगु  १६ चैत

राष्ट्रिय योजना आयोगको आयोजनामा शुक्रबार आयोजित दोस्रो पन्चवर्षिय योजना तर्जुमाका लागि आयोजित  जिल्ला स्तरिय परामर्श गोष्टिमा सहभागिहरुले  जुम्ला रारा जोड्न छोटो दुरिकोलागी सुरुङ्ग मार्ग बनाउन सुझाव दिएका छन ।

गोष्टिमा सहभागीहरुलाइ ७ समुहमा विभाजित गरि कर्णाली प्रदेश राष्ट्रिय योजना आयोगको २०८१ देखि शुरु हुने दोर्सो पन्चबर्षिय योजनामा मुगु जिल्लाका समेटनु पर्ने विषयगत क्षेत्रहरुका योजना तथा कार्यक्रम बारे सुझाव संकलन गरिएको हो ।

स्थानिय तह समुहबाट प्रतिनिधित्व गर्दै सोरु गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत तिर्थराज शाहिले प्रत्यक स्थानिय तहमा खाद्य बैकको स्थापना गर्नुपर्ने,जनसमुदायमा खानपान वानी परिवर्तनका कार्यक्रम सन्चालन गर्नुपर्ने,स्थानिय स्तरमा प्रयाप्त मात्रामा पाइने गाजा र अल्लोमा आधारित उद्योग  सन्चालन गरिनु पर्ने,प्रदेशको आम्दानिका लागि यहाँ रहेका ढुङ्गा ,माटो,वालुवा,गिट्टिको बजारिकरण गर्नु पर्ने,सडक दुर्घटना मा कमि ल्याउन सुरक्षित सडक संरचना बनाउन जोड दिनु पर्ने,स्थानिय स्तरमा स्वरोजगार बनाउने रैथाने जातका मसलाजन्य र फलफुल जन्य खेती प्रारम्भ र उधोग संचालन गर्नुपर्ने सुझाव दिन भएको थियो ।

जिल्ला समन्वय समिती समितिबाट सुझाव दिदै निमित्त समन्वय अधिकारी विश्वास तिमिल्सिनाले समन्वय समितिलाइ अधिकार सम्पन्न बनाइ स्थानिय तहका योजना कार्यक्रम अनुगमन गर्ने र कार्वाहिको लागि अनुदान घटाउन सिफारिस गर्न सक्ने बनाउनु पर्ने बताए ।

कक्षा ८ सम्म मात्र छात्रवृत्ति दिइदै आएको छ अब १२ कक्षा सम्म दिने व्यवस्था गर्नुपर्ने,बालकक्षा देखि ५ कक्षासम्म मात्र दिइने दिवा खाजा माध्यामिक तहसम्मका बिद्यार्थिलाइ पनि दिनु पर्ने,विधाथिको अनुपातमा शिक्षक दरवन्धी हुनुपर्ने,संघीयता आएपछी ओझेलमा परेको शिक्षक पेशागत तालिमलाइ निरन्तरता दिनुपर्ने  र विधालयहरुका आवश्यकिय सम्पुर्ण पुर्वाधार निर्माणमा जोड दिन शिक्षा समुहबाट बोल्दै महाकाली नमुना माध्यामिक विधालयका प्राध्यापक खडक बहादुर रोकायाले सुझाव सुझाब दिए ।
पत्रकार समुहबाट बोल्दै सन्चारकर्मी सर्जन बहादुर शाहिले प्रथम पन्चवर्षिय योजनामा मुगु उपेक्षित भएकोले दोर्सो पन्चवर्षिय योजनामा कम्तिमा सबै क्षेत्र समेटनु पर्ने बताए ।

उनले  कर्णाली राजमार्गलाई सुरक्षित राजमार्ग बनाउन पर्ने,झुगेला- माझ्चौर – रारा,रारा- तारापानी-दोमुख,रारा- चंखेली दुधदह र रारा- सातताल सडक निर्माण गर्नु पर्ने,रारा आउन छोटो मार्ग बनाउन जुम्ला च्यारे-नेउरिगाड- मुगु मन्दु र सेरि – तारापानी सुरुङ्गमार्ग बनाउन जोड दिनु पर्ने, मुगु कर्णाली बाट ठूलो क्षमताको विधुत उत्पादन गर्न योजना बनाउनु पर्ने, जिल्लामा रहेका तामाखानी,फलाम खानी,नुन खानी उत्खनन् गरि प्रयोगमा ल्याउनु पर्ने, जनतालाइ सुशासनको प्रत्याभुती दिलाउन स्थानिय तहबाट छनौट भएका योजना तथा कार्यक्रम मात्र प्रदेश तथा संघिय सरकारले छ्नौट गर्नुपर्ने, नगरसभा, गाउसभा, कार्यपालिका,गाउपालिका र प्रदेश सभामा हुने सबै निर्णय प्रत्यक्ष प्रशारण गरिने व्यवस्था हुनुपर्ने सुझाव दिए ।

मुगुमा भौगोलिक विकटताको बावजुद धेरै सम्भावना रहेको जिल्ला भएकाले योजना आयोगले प्राथमिकतामा राखेर  यहाँका लागि  गौरव र दिर्घकालिन प्रभाव पार्ने योजना बनाउनु पर्ने प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसिले सुझाव दिए ।

जिल्ला समन्वय समितिका प्रमुख मन्जन बहादुर कार्किको अध्यक्षता भएको कार्यक्रममा कर्णाली प्रदेश योजना आयोगका सदस्य जित बहादुर शाह, छायानाथ रारा नगरपालिकाका प्रमुख ,उपप्रमुख, सोरु गाउपालिकाका अध्यक्ष, उपाध्यक्ष ,नि वर्तमान समन्वय प्रमुख, वुद्धिजिवी पत्रकार महासङ्गका अध्यक्ष, नागरिक समाजका अध्यक्ष शिक्षक महासङ्गका अध्यक्ष, रेडक्रस सभापती ,राजनैतिक दलका प्रतिनिधि,गैर सरकारी संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *