Breaking news

भ्रष्टाचार निवारणका लागि अहिलेको प्रयत्न र परिणाम पूर्ण छैनः प्रधानमन्त्री

२३ मंसिर, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरूद्ध सरकारले गरेका प्रयत्न र परिणाम पूर्ण नभएको बताएका छन्।

भ्रष्टाचारविरूद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार निवारणका लागि राज्यका सबै संयन्त्र परिचालन गरिएपनि परिणाम पूर्ण नभएको बताएका हुन्।

‘भ्रष्टाचार नियन्त्रणमा हासिल भएका सकारात्मक परिणामले नागरिकमा क्रमशः आशाको सञ्चार हुँदै गएको छ,’उनले भने, ‘यद्यपि, यो प्रयत्न र परिणाम पूर्ण छैन।’

प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा भ्रष्टाचार नियन्त्रणका लागि थप प्रभावकारी कदम चाल्नुपर्ने जिम्मेवारी सरकारसामु रहेको र यसका निम्ति सरकार दृढतापूर्वक अगाडि बढिरहेको बताए।

बहुआयामिक विषयको रूपमा रहेको भ्रष्टाचारलाई सरकारी, सार्वजनिक, निजी क्षेत्र र नागरिक समाजसँगको सहकार्य र सहयोगमा निवारण गर्ने कार्यमा नेपाल सरकार प्रयत्नशील रहेको प्रधानमन्त्री प्रचण्डले बताए।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?