Breaking news

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान बढैयाताल गाउँपालिकामा सम्पन्न

२४ मंसिर, २०८०

विश्वास चापागाईं, बर्दिया

यहि मंसिर ९ गतेबाट देशभर शुरु भएको लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान आज आइतबार सकिएको छ । जस अन्तर्गत बर्दियाको बढैयाताल गाउँपालिकाले पनि अभियान सम्पन्न गरेको छ ।

“लैंगिक हिंसा अन्त्यका सुनिश्चितता महिला र बालबालिकामा लगानीको एक्यबद्धता” भन्ने नाराका साथ वडा नम्बर १ बाट शुरु भएको यो अभियान आज आईतबार वडा नम्बर ३ मा एक कार्यक्रम गरी समापन गरिएको हो ।

अभियान सफल हुनु सकारात्मक कुरा भएपनि समुदायमा बिद्यमान हिंसा, कुरीती, कुसंस्कारको अन्त्य गर्न अभियान र दिवसले मात्रै नपुग्ने सरोकारवालाहरुले बताएका छन् । लैङ्गिक हिंसा भनेको के हो ? भन्ने कुरापनी कतिपयलाई थाहा नहुने हुँदा स्थानीय सरकारले यस सम्बन्धि कार्ययोजना निर्माण गरी समुदायमा पुगेर जनचेतनामूलक कार्यक्रमहरु गर्नुपर्ने सरोकारवालाहरुले सुझाव दिएका छन् ।

वडा नम्बर ३ का वडा अध्यक्ष लल्लन अहिरको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी बढैयाताल गाउँपालिकाकी उप–प्रमुख लक्ष्मी कुमारी अधिकारी रहेकी थिईन । कार्यक्रममा बोल्दै पालिका उप–प्रमुख अधिकारीले बढैयातालमा यो अभियान निकै राम्रो ढंगबाट सफल भएको बताईन । समाजको सकारात्मक रुपान्तरणको लागि स्थानीय सरकार लागि परेको भन्दै उनले एकै चोटी ठुलो परिवर्तन नहुने धारणा राखिन ।

महिलाहरुले क्षमता बिकास नगरे सम्म हिंसा न्युनीकरण नहुने भन्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले समुदायमा महिला हिंसा बढी हुने गरेको बताए । सुवेदीले स्थानीय सरकार समाजको सकारात्मक परिवर्तनका लागि सधै तयार रहेको र समुदाय स्तरबाट पनि यसको प्रयास गरिनु पर्ने धारणा राखे ।

अभियानबाट हिंसाका प्रकृती तथा स्वरुपहरुका बारेमा स्थानीयहरु जानकार भएको र कार्यक्रमले आपसी सदभाव कायम गरेको उप प्रमुख लक्ष्मी अधिकारीले बताइन् । अभियानका बेला मात्रै हिंसाको कुरा गर्ने प्रबृत्तीले हिंसा न्युनीकरण नहुने र यसका लागि सरकार, संघ संस्था तथा स्थानियहरु समेत जागरुप बन्नु पर्ने अधिकारीले बताइन् ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?