Breaking news

ट्राफिक प्रहरीलाई एक बोतल पानीको ४० रुपैयाँ लिने पसलेलाई १० हजार जरिवाना

२१ मंसिर, काठमाडौं ।

बुधबार दुई ट्राफिक प्रहरीले एक जना पसलेलाई समातेर काठमाडौं महानगरपालिकाको कार्यालय काठमाडौं प्लाजा पुर्‍याए । कारण थियो, उनले एक बोतल पानीको मूल्य ४० रुपैयाँ लिनु ।

प्लाजासँगै जोडिएको पसलका सञ्चालक सुजन गोठले बुधबार दिउँसो ड्युटी गरिरहेका दुई जना ट्राफिक प्रहरीले पानी किन्न जाँदा दोब्बर रकम मागेपछि उनलाई समातेर महानगर कार्यालयमा पुर्‍याइएको थियो ।

उहाँहरुलाई १५ देखि २० रुपैयाँको पानीलाई दुई बोतलको ४० रुपैयाँका दरले ८० रुपैयाँ लिएपछि ट्राफिक प्रहरीले नै महानगरमा ल्याएर उजुरी गरे । त्यसपछि महानगरले ठगी गरेकोमा जरिवाना गरेको छ,’ एक महानगर प्रहरी अधिकारीले भने ।

नगर प्रहरीका अनुसार पानीमा उल्लेख गरेको रकम भन्दा बढी पानीको पैसा लिंदा १० हजार रुपैयाँ जरिवाना तिराएको हो । ‘हामीलाई गुनासो वा उजुरी आयो भने तत्काल एक्सन लिन्छौं । उपभोक्तालाई पनि तोकिएको भन्दा धेरै रकम नतिर्न अनुरोध गरेका छौं,’ महानगर प्रहरीले भन्यो ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *