Breaking news

३१ यात्रुलाई छोडेर प्रधानमन्त्रीलाई दुबई लिएर गयो नेपाल एयरलाइन्स

१४ मंसिर, काठमाडौं । नेपाल एयरलाइन्सले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिएर दुबई जाने क्रममा अरु ३१ जना यात्रुलाई काठमाडौंमै छाडेको छ ।

प्रधानमन्त्री चढेको जहाजबाट दुबई जान नपाएका धेरैजसो वैदेशिक रोजगारीका लागि जान लागेका नेपालीहरु छन् ।

जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप-२८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्डसहितको टोली गएराति साढे ९ बजे नेपाल एयरलाइन्सको फ्लाइट नम्बर ‘आरए २२९’ बाट दुबई प्रस्थान गरेका थिए । त्यही जहाजमा टिकट काटेका अरु यात्रु भने दुबई जान पाएनन् । ती यात्रुहरुलाई ज्ञानेश्वरस्थित काबेरी इन होटलमा राखिएको छ ।
यात्रुहरु छुट्नुको कारण ‘भीभीआईपी फ्लाइट’ रहेको नेपाल एयरलाइन्सले जनाएको छ ।
प्रधानमन्त्रीलाई दुबई लैजान नेपाल एयरलाइन्सको उडान पूर्वनिर्धारित समयभन्दा दुई घण्टाअघि सारिएको थियो । साढे ११ बजे उड्ने भनेको जहाज प्रधानमन्त्रीलाई लिएर साढे ९ बजे नै उडेको थियो । तर उडान तालिका अघि सरेको जानकारी नेपाल एयरलाइन्सले नगराउँदा एयरपोर्ट पुगिसकेका यात्रुहरु पनि फर्किन बाध्य भएका थिए ।

आफूजस्तै ३१ जना यात्रु फ्लाइट समय सरेको पूर्वजानकारी नपाउँदा एयरपोर्टबाट फर्किएको उनले बताए । ‘मलाई मात्र होइन, अरु यात्रुहरुलाई पनि फ्लाइट सरेको जानकारी रहनेछ । हामी सबैलाई होटलमा राखिएको छ ।’

नेपाल एयरलाइन्सका कर्मचारीहरुले बिहीबार अर्को व्यवस्था गरेर दुबई पठाउने आश्वासन आफूहरुलाई दिएको राणाले बताए ।

नेपाल एयरलाइन्सले पूर्वनिर्धारित मिति र समयमा नउडाउँदा दुबईमा पहिल्यै होटल बुक गरेका र काममा खटिनुपर्नेहरु समस्यामा परेका छन् ।

उनीहरुले समयमा आउन नसकेको पूर्वजानकारी गराउनुपर्ने भन्दै नेपाल एयरलाइन्सबाट पत्र मागेका थिए । त्यसैले यात्रुहरुको अनुरोधको आधारमा नेपाल एयरलाइन्सले भीभीआईपी फ्लाइटका कारण उडाउन नसकेको व्यहोरासहितको पत्र थमाएर होटलमा लगेर राखेको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *