Breaking news

अस्पतालका डाक्टरमाथि हातपात गरेको घटनाप्रति चिकित्सक संघको आपत्ति

काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत डाक्टरमाथि हातपात गरेको प्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ ।

मंगलबार संघले विज्ञप्ति जारी गर्दै केएमसी अस्पतालमा कार्यरत चिकित्सक प्रा. डा. बिनिता प्रधान र डा. पूजा शाहमाथि गरेको हातपात र अस्पताल तोडफोडको विषयलाई लिएर आपत्ति जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘…चिकित्सक प्रा. डा. बिनिता प्रधान र डा. पूजा शाह माथि गरेको हातपात र अस्पताल तोडफोडको विषयलाई लिएर नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ । अस्पताल जस्तो संवेदनशील क्षेत्रमा उपचारको क्रममा भएको मृत्युलाई लापरबाही भनि अस्वाभाविक आरोप लगाई स्वास्थ्य संस्था नै तोडफोड गर्ने जस्ता अपराधिक कार्य गरेको घटना प्रति यस संघ घोर भत्सर्ना र निन्दा गर्दछ ।’

विज्ञप्ति :

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *