Breaking news

नागढुंगाबाट २ किलो सुनसहित तीन जना पक्राउ

२० मंसिर, २०८०

नागढुंगाबाट अवैध सुनसहित ३ जना पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार २ किलो जति सुनसहित उनीहरूलाई पक्राउ गरिएको हो।

रसुवाबाट काठमाडौं आइरहेको स्कार्पियो नागढुंगामा चेक गर्दा समातिएको उनले बताए।

उक्त सुन चिनियाँ नागरिकको हो भन्ने बुझिएको छ।

चिनियाँ नागरिकलाई समात्न टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।

थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?