Breaking news

बर्दिया एकेडेमी एंड पोलिटेक्निक रिसर्च सेन्टरद्वारा पनेरुको अध्यक्षता टुरिजम क्लब गठन ।

विश्वास चापागाई, बढैयाताल

बर्दिया एकेडेमी एंड पोलीटेक्निक रिसर्च सेन्टरले टुरिजम क्लब गठन गरेको छ । उक्त क्लबले अध्यक्षको रूपमा कक्षा ९ मा अध्यनरत छात्र शुसान्त पनेरु नियुक्त भएका छन् ।

लुम्बिनी प्रदेश भित्र रहेका विभिन्न पर्यटकिय क्षेत्रको संभावनाहरुको महत्त्व र पर्यटन प्रवर्द्धन गर्ने हेतुले सो कार्यक्रम आयोजना गरिएको हो । आफ्नै क्षेत्रमा अवस्थित विभिन्न पर्यटन स्थलको प्रबर्धन गरेमा विद्यार्थी पलायन हुने समस्या समाधान हुने बर्दिया एकेडमी एंड पोलीटेक्निक रिसर्च  सेन्टरका प्रधानाध्यापक भोजराज बरालले बताए ।

आन्तरिक पर्यटनमा लगानी गरेमा आगामी दिनहरूमा विदेश पलाएन हुने सोच बनाएका विद्यार्थीहरूको सोच अवश्य परिवर्तन हुने भनेर अध्यक्ष पनेरुले बताएँ ।

 

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *