Breaking news

भोजपुरमा कुटपिटबाट आमाको मृत्यु, छोरा पक्राउ

काठमाडौं ।

भोजपुरमा छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ । मृत्यु हुनेमा टेम्केमैयुङ गाउँपालिका–५, खावा बस्ने ४६ वर्षीया पवित्रा देवी राई छिन् ।

छोराले कुटपिट गर्दा घाइते भएकी उनलाई उपचारका लागि जिल्ला अस्पताल भोजपुर लैजाने क्रममा आइतबार दिउँसो बाटोमै मृत्यु भएको हो ।

घरायसी विवादका कारण २० वर्षीय सन्देश राईले गत मंसिर ९ गते कुटपिट गरेका थिए । सोही कारण बिरामी भएकी पवित्राको मृत्यु भएको प्रहरीले जानकारी दिए । सन्देशलाई प्रहरीले पक्राउ गरेको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *