Breaking news

बर्दिया एकेडमी एंड पोलीटेक्निक रिसर्च सेन्टरको १४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

विश्वास चापागाई, बर्दिया

बर्दियाको बढैयाताल गाउँपालिका वडा न ८ तिलकाना स्थित बर्दिया एकेडमी एंड पोलीटेक्निक रिसर्च सेन्टरको १४औं वार्षिकोत्सव तथा अभिभावक दिवस विद्यालयले भव्यताका साथ मनाएको छ ।

बुधबार विद्यालय परिसरमा एक समारोहको आयोजना गरी विविध सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण, तथा शुभकामनासहित वार्षिक उत्सव मनाएको विद्यालयले जनाएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाल सरकारका पूर्व सिँचाइ मन्त्री एवम् प्रतिनिधी सभा सदस्य सञ्जय कुमार गौतमले  शिक्षा नै विकासको मुख्य आधार भएको बताउनु भएको हो।

अहिलेको प्रतिस्पर्धात्मक समयको आवश्यकता, यसको रफ्तार र गतिशीलतासँगै अघि बढ्न सक्ने किसिमको जनशक्ति निर्माण गर्न शैक्षिक सिकाई बिना सम्भव नहुने बताउनु भएको हो। बर्दिया एकेडमी एंड बोर्डिङ स्कुलले पनि समय सापेक्ष तथा प्रयोगात्मक शिक्षालाई जोड दिँदै अघि बढेको भन्दै आफूलाई आफै सँग प्रतिष्पर्धी बनाएर गुणस्तरिय शिक्षा दिलाउन आवश्यक रहेको बताउनु भयो । गुणस्तरिय तथा व्यवहारिक शिक्षा नै समृद्धिको आधार भएको बताउनु भयो ।

बर्दिया एकेडेमीले गुणस्तरीय शिक्षामा मात्र नभई पालिका स्तरका बिभिन्न विदाका खेलकुद लगायतका अतिरिक्त क्रियाकलापमा समेत अब्बल भएको भन्दै एकेडेमीलाई जिल्लामा मात्र नभई देशकै नमुना बिद्यालयको रुपमा परिचित गराउने लक्ष्यका साथ अगाडी बढेको प्रबन्ध निर्देशक गिरीले प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

 

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *