Breaking news

बढैयाताल गाउँपालिकामा नेपाल-भारत सीमा छुटाउने सीमा स्तम्भको रङरोगन प्रारम्भ

२३ मंसिर,बर्दिया

बर्दिया जिल्ला स्थित बढैयाताल गाउँपालिकामा नेपाल-भारत सीमा छुटाउने सीमा स्तम्भको रङरोगन सुरु गरिएको छ ।

नेपाल-भारत ८३ किमि बर्दियासँग जोडिएको २ सय ४५ सीमा स्तम्भमध्ये ३९ वटाको रंगरोगन र मर्मत नेपाली पक्षबाट गरिने भएको छ ।

नेपालले बिजोर र भारतले जोर नम्बरको स्तम्भको रङरोगन र मर्मत संभार गर्ने भएको छ । रङरोगन शुभारम्भ प्रमुख जिल्ला अधिकारी नारायण रिसाल र भारत नानपारा ५९ नम्बर बटालियनका कमान्डेन्ट शक्ति सिंहले स्तम्भ नम्बर ६६३./५१ को रङरोगन गरी संयुक्तरुपमा गरेका हुन् ।

दुई दशकयता नेपाल-भारत छुटाउने मुख्य ५ सहित सहायक र सानो गरी ७२ वटा स्तम्भ फेला नपरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *