Breaking news

नेपाल क्रिश्चियन महासंघका अध्यक्ष सीबी गहतराज पक्राउ

२६ मंसिर, काठमाण्डौ

नक्कली शैक्षिक प्रमणपत्र बनाएको आरोपमा नेपाल क्रिश्चियन महासंघका निलम्बित अध्यक्ष चरीबाबु गहतराज (सीबी) पक्राउ परेका छन् ।

गहतराज मंगलबार काठमाडौंबाट पक्राउ परेका हुन् । विवादित धर्मगुरुको पहिचान बनाएका गहतराजले नक्कली शैक्षिक प्रमाणपत्र बनाएको उजुरी परेको थियो ।

उजुरीमाथि छानबिन हुँदा प्रमाणीत भएपछि उनलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । उनले त्रिविबाट स्नातक पास गरेको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर महान अभियान नामक पत्रिका चलाइरहेका थिए । उक्त पत्रिका क्रिश्चियन धर्मप्रचारको मुखपत्रको रुपमा प्रकाशीत हुँदै आएको थियो ।

उनको शैक्षिक प्रमाणपत्र फर्जी भएको पुष्टि गर्दै त्रिभुवन विश्वविद्यालयले सूचना तथा प्रसारण विभागलाई पत्र पठाएको थियो ।

ललितपुरको गोदावरीका गहतराजको शैक्षिक प्रमाणपत्र छानबिन माग गर्दै गत भदौ ३ गते उजुरी परेको थियो । त्यसपछि उनी विवादमा तानिएका थिए ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?