Breaking news

जिल्ला स्तरीय अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिताको विजेता सनराइज स्कूल र उपविजेता शुभकामना एकेडेमी

विश्वास चापागाई, बढैयाताल

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बर्दियाको आयोजनामा बर्दियाको बढैयाताल गाउँपालिकामा जिल्ला स्तरीय अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता शुभकामना एकेडेमिको प्राङ्गणमा सम्पन्न भएको छ ।

पहिला पालिका स्तरीय प्रतियोगिता भएर प्रत्येक पालिकबाट प्रथम हुने विद्यालय सो जिल्ला स्तरीय प्रतियोगितामा आफ्नो उपस्थिति जनाएका थियो।

उक्त प्रतियोगितामा बढैयाताल गाउँपालिकाबाट शुभकामना एकेडेमी, बारबर्दिया नगरपालिकाबाट पेट्रीअट इंग्लिश मिडियम स्कूल, मधुवन नगरपालिकाबाट श्री जी जी एन इंग्लिश मिडियम स्कूल , ठाकुरबाबा नगरपालिकाबाट कर्णाली इंग्लिश बोर्डिङ स्कुल, गुलरिया नगरपालिकाबाट सनराइज स्कूल, राजापुर नगरपालिकाबाट रिनाइसा सेकेन्डरी बोर्डिङ स्कुल र बाँसगढी नगरपालिकाबाट बाल्ज्योती एकेडेमीको सहभागी रहेको थियो । गेरूवा गाउँपालिकाले भने प्रतियोगितामा सहभागी जनाएको थिएन।

७ वटा स्कुलका विचमा भएको प्रतियोगितामा सनराइज स्कुल सर्वोत्कृष्ट २० अङ्कका साथ प्रथम भएको थियो । साथै सो प्रतियोगितामा शुभकामना एकेडेमी १८ अङ्कका साथ द्धितिय र  कर्णाली इंग्लिश बोर्डिङ स्कुल १६ अङ्कका साथ तृतीय भएका थिए ।

माध्यमिक तहका विध्यार्थीहरुलाई राजनीति, इतिहास सम्वन्धि ज्ञान अभिवृद्धि गर्ने र सामान्य ज्ञानमा आधारित बौद्धिक ज्ञानको स्तर मापन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बर्दियाका अध्यक्ष घनश्याम शर्माले बताए ।

 

कार्यक्रममा वोल्दै प्रमुख अतिथि बढैयाताल गाउँपालिकाका   अध्यक्ष हिमालय त्रिपाठीले हाजिरीजवाफ एक बौद्धिक खेल भएकोले हाल नेपालका विद्यालय तथा कलेजमा यस्तो प्रकारको प्रतियोगिताको लोकप्रियता बढ्दो क्रममा रहेको बताउनु भयो । साथै यस्तो प्रतियोगिताले विद्यार्थीहरूको बौद्धिक क्षमता वृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गर्ने उहाँको धारणा थियो ।

 

प्रतियोगितामा सम्पूर्ण सहभागी टोलीलाई प्रमाण पत्र प्रदान गरिएको थियो भने प्रथम, द्धितिय र तृतीय हुने टोलीलाई मेडल,ट्रफी र केही नगद रकमको व्यवस्था गरिएको थियो  ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *