Breaking news

मंसिर २९ गते देखि पौष ७ सम्म प्रथम मयूर कप अर्थात् विद्यालय स्तरीय अन्डर १८ फुटबल प्रतियोगिता सञ्चालन हुने

विश्वास चापागाईं, बर्दिया

बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं ८ स्थित मयूर युवा क्लबको खेल मैदानमा मंसिर २९ गते देखि पौष ७ सम्म प्रथम मयूर कप अर्थात् विद्यालय स्तरीय अन्डर १८ फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

बढैयाताल गाउपालिका तथा बर्दिया जिल्ला फुटबल संघको समन्वयमा र बढैयाताल गा.पा ८ नं वडा कार्यालयको सहयोगमा “राष्ट्रको लागि खेलकुद : स्वास्थ्यको लागि खेलकुद” भन्ने मुल नाराको साथ हुन गइरहेको प्रथम मयुर कप बिधालय स्तरिय फुटबल प्रतियोगिता-२०८० यहि मिति मङ्सिर २९ गतेबाट हुने सबैमा सहर्ष जानकारि गराउदै सम्पुर्ण बढैयाताल गाउपालिकाको मा.बि बिधालयहरु तयारि अवस्थामा बसिदिन आयोजक मयूर युवा क्लब र कालिका सामुदायिक पुस्तकालय तथा स्रोतकेन्द्रले हार्दिक अनुरोध गरेको छ ।

आयोजक कालिका सामुदायिक पुस्तकालय तथा स्रोतकेन्द्र का अध्यक्ष सुन्दरमान श्रेष्ठका  अनुसार प्रथम हुने टोलीलाई पुरस्कार स्वरुप नगद रु २५००० (ट्रफी, मेडल, प्रमाणपत्र) र द्वितीय हुने टोलीलाई नगद रु १५००० (ट्रफी, मेडल, प्रमाणपत्र) को व्यवस्था रहेको छ।

उक्त खेलको लोगों यस प्रकार रहेको छ : 

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?