Breaking news

पुरुषको शव फेला

ललितपुरको लेलेमा एक जना पुरुषको शव फेला परेको छ।

मंगलबार गोदावरी नगरपालिका- ५ लेलेस्थित जंगलमा पुरुषको शव फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले जानकारी दिए।

बिहान करिब ११ बजेतिर शव फेला परेपछि प्रहरीलाई खबर भएको थियो।

उक्त खबरपछि प्रहरी वृत्त चापागाउँका प्रमुख एवं डिएसपी कृष्ण चन्द घटनास्थलमा पुगेका थिए।

उनका अनुसार मृतकको पहिचान खुलेको छैन।

शवमा बाहिरी कुनै चोट नदेखिएको उनले बताए। अन्दाजी ४०-४५ वर्षका पुरुषको केही भागहरूमा कीराले खाएको उनले बताए।

घटनास्थलको मुचुल्कापछि शव पाटन अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

 

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *