Breaking news

बर्दिया सन्लाइट एकेडमीको १६ औं वार्षिकोत्सव हर्ष उल्लासका साथ सम्पन्न

विश्वास चापागाई, बर्दिया

बर्दियाको बढैयाताल गाउँपालिका वडा न ४ खैरेनी स्थित बर्दिया सन्लाइट एकेडमी को १६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न भएको छ ।

आईतबार विद्यालय परिसरमा एक समारोहको आयोजना गरी विविध सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण, तथा शुभकामना सहित वार्षिक उत्सव मनाएको विद्यालयले जनाएको छ ।

उक्त कार्यक्रम सन्चालन सुमिना बुढाथोकीद्वारा भएको थियो र  स्वागत मन्तव रोसनि थापा मगरको रहेको थियो ।

उक्त कार्यक्रममा प्रमुख अथितीको रूपमा बढैयाताल गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष नर बहादुर थापाको उपस्थिति रहेको थियो । थापाले आजको २१ औं शताब्दीमा शिक्षा सबैका लागि अति नै अपरिहार्य र शिक्षा नै विकासको मुख्य आधार भएको बताउनु भएको हो । बर्दिया सन्लाइट एकेडेमी स्कुले पनि समय सापेक्ष आफूलाई परिवर्तनशील बनाएर रचनात्मक तथा प्रयोगात्मक शिक्षालाई जोड दिँदै अघि बढेको बताउनु भयो ।

विद्यालयले आफ्नो शैक्षिक क्यालेण्डरमा शिक्षाका विधा मात्र नभएर विभिन्न सांस्कृतिक तथा खेलकुदका विधाहरू जस्तै २०० मिटर दौड प्रतियोगिता, नृत्य प्रस्तुत प्रतियोगिता, म्यूजिकल चियर, इन आउट , पिटी, मार्च पास, आदि पनि समेट्दै आएको जानकारी विद्यालयका संस्थापक निर्देशक हेमराज विसीले बताउनु भयो ।

कार्यक्रममा विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थापक निर्देशक हेमराज विसीले विद्यालयमा हाल ४ सयको हारहारीमा विद्यार्थीहरु रहेका तथा कक्षा ८ सम्म कक्षा सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

वार्षिक उत्सव कार्यक्रममा विद्यालयमा अध्यनरत विद्यार्थीहरुले गित तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयको अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

यसै गरी विद्यालयको तेस्रो त्रैमासिक परीक्षामा उत्कृष्ट GPA ल्याउने ४१ जना विद्यार्थीलाई पुरस्कृत गरिएको र नृत्य प्रशिक्षक रोशनी थापा मगर र स्पीच कन्टेस्ट प्रशिक्षक अञ्जली थारु  र ५ जना अभिभावकलाई समेत सम्मान गरिएको जानकारी विद्यालय प्रशासनले दिएको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *