Breaking news

सारजाह–काठमाडौं उडानको जहाजको शौचालयमा नवजात शिशु फेला

­काठमाण्डौ

यूएईको सारजाह विमानस्थलबाट काठमाडौं आएको एयर अरेबियाको जहाजको शौचालयमा नवजात शिशु फेला परेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले बुधबार बिहान ९ बजे काठमाडौं अवतरण गरेको जहाजको शौचालयमा नवजात शिशु फेला परेको पुष्टि गरे । ‘यो घटनापछि प्रहरीले एक महिला यात्रुलाई पक्राउ गरी अस्पताल लगेको छ,’ उनले भने ।

काठमाडौं सारजहाबाट आएको भए पनि यात्रु कुन मुलुकबाट आएको भन्नेबारे विमानस्थलसँग विस्तृत जानकारी नभएको उनले बताए । यो घटनापछि प्रहरीले शिशु र ती महिला दुवैलाई अस्पताल पुर्‍याएको उनले जानकारी दिए ।

जी९५३६ उडान नम्बरको यो जहाज काठमाडौंमा ९ बजेर १० मिनेटमा अवतरण गरेको थियो ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?