विश्वास चापागाई, बढैयाताल
बर्दिया एकेडेमी एंड पोलीटेक्निक रिसर्च सेन्टरले टुरिजम क्लब गठन गरेको छ । उक्त क्लबले अध्यक्षको रूपमा कक्षा ९ मा अध्यनरत छात्र शुसान्त पनेरु नियुक्त भएका छन् ।
लुम्बिनी प्रदेश भित्र रहेका विभिन्न पर्यटकिय क्षेत्रको संभावनाहरुको महत्त्व र पर्यटन प्रवर्द्धन गर्ने हेतुले सो कार्यक्रम आयोजना गरिएको हो । आफ्नै क्षेत्रमा अवस्थित विभिन्न पर्यटन स्थलको प्रबर्धन गरेमा विद्यार्थी पलायन हुने समस्या समाधान हुने बर्दिया एकेडमी एंड पोलीटेक्निक रिसर्च सेन्टरका प्रधानाध्यापक भोजराज बरालले बताए ।
आन्तरिक पर्यटनमा लगानी गरेमा आगामी दिनहरूमा विदेश पलाएन हुने सोच बनाएका विद्यार्थीहरूको सोच अवश्य परिवर्तन हुने भनेर अध्यक्ष पनेरुले बताएँ ।