१३ मंसिर, काठमाडौं ।
नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै छ । बैठक बुधबार दिउँसो १ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्ने छ ।
आगामी पुसमा हुने महासमिति बैठकको तयारी र विभाग गठनका विषयमा छलफल गर्न सभापति देउवाले बैठक आह्वान गरेको नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
कांग्रेसले महासमिति बैठक पुस १६ देखि १९ सम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । विधान अनुसार महाधिवेशन नभएको वर्ष महासमिति बैठक गर्नुपर्ने व्यवस्था छ ।
विभागलाई पूर्णता दिने र सरकारको कामकारबाही बारे पनि बैठकमा छलफल हुने बताइएको छ । नेपाली कांग्रेसमा ४८ बाट बढाएर ७० विभाग पुर्याइएको छ ।