Breaking news

अन्डर १८ विद्यालय स्तरीय प्रतियोगितामा ११ टिम सहभागि हुने (खेलतालिका सहित)

विश्वास चापागाईं, बर्दिया

बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं ८ स्थित मयूर युवा क्लबको खेल मैदानमा मंसिर २९ गते देखि पौष ७ सम्म प्रथम मयूर कप अर्थात् विद्यालय स्तरीय अन्डर १८ फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

उक्त प्रथम मयूर कप अर्थात् विद्यालय स्तरीय अन्डर १८ फुटबल प्रतियोगितामा ११ विद्यालयले सहभागी जनाउने जानकारी मयूर युवा क्लबका अध्यक्ष तारानाथ ज्ञवालीले दिए। प्रतियोगितामा विद्याज्योति मा वि, श्री जय कालिका मा वि, शुभकामना एकेडेमी, बर्दिया एकेडमी एंड पोलिटेक्नीक रिसर्च सेन्टर , शारदा मा वि, ने रा मा वि पडेरिया, अमरज्योति मा वि, जनप्रिय मा वि , भगवती संस्कृति मा वि , दीपज्योति मा वि  र जगदम्बिका मा वि ले सहभागी जनाउने छन् ।

बढैयाताल गाउपालिका तथा बर्दिया जिल्ला फुटबल संघको समन्वयमा र बढैयाताल गा.पा ८ नं वडा कार्यालयको सहयोगमा “राष्ट्रको लागि खेलकुद : स्वास्थ्यको लागि खेलकुद” भन्ने मुल नाराको साथ हुन गइरहेको प्रथम मयुर कप बिधालय स्तरिय फुटबल प्रतियोगिता-२०८० यहि मिति मङ्सिर २९ गतेबाट हुने सबैमा सहर्ष जानकारि गराउदै सम्पुर्ण बढैयाताल गाउपालिकाको मा.बि बिधालयहरु तयारि अवस्थामा बसिदिन आयोजक मयूर युवा क्लब र कालिका सामुदायिक पुस्तकालय तथा स्रोतकेन्द्रले हार्दिक अनुरोध गरेको छ ।

आयोजक कालिका सामुदायिक पुस्तकालय तथा स्रोतकेन्द्र का अध्यक्ष सुन्दरमान श्रेष्ठका  अनुसार प्रथम हुने टोलीलाई पुरस्कार स्वरुप नगद रु २५००० (ट्रफी, मेडल, प्रमाणपत्र) र द्वितीय हुने टोलीलाई नगद रु १५००० (ट्रफी, मेडल, प्रमाणपत्र) को व्यवस्था रहेको छ। हरेक खेलाडीको बीमाको व्यवस्था पनि आयोजक टोलीले गरेको छ ।

खेल तालिका

 

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *