फाल्गुन १८ र १९ गते मात्रै सम्पन्न भयो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव । महोत्सव सम्पन्न भए लगत्तै कर्णाली प्रदेशको राजधानीमा चैत्र १७ गते भव्य कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रमले अनुमान गरेको भन्दा पनि बढी चर्चा पायो ।
कार्यक्रमको ब्यवस्थापन कसरी भयो? कसरी यति धेरै उचाइमा प्राप्त गर्न सफल भयो भनेर अनेक चर्चा भैरहेको छ ।
कुनै पनि कार्यक्रम सफल बन्न आन्तरिक ब्यवस्थापन महत्त्वपूर्ण हुन्छ । जो पर्दा अगाडि देखिदैनन तर कार्यक्रम सफल बनाउन अधिक मेहनत गर्छन् ।
काे हुन ती पात्र ?
कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सफलताको पछाडि सबैभन्दा धेरै योगदान गर्ने र युवालाई भरोसा दिएर ब्यवस्थापन गर्ने पात्र हुन सुर्खेतका गोपाल बि.सी ।
कर्णाली प्रदेशका युवाहरु माज लोकप्रिय गोपाल ब्यवसायीक क्षेत्रमा समेत नयाँ पुस्ताको अनुकरणीय पात्र हुन् ।
कर्णाली प्रदेशको राजधानीमा नयाँ पुस्ताको व्यवसायीको नाम लिदा अग्रणी स्थानमा पर्छन् गोपाल । उनले वीरेन्द्रनगर, छिन्छु र कोहलपुरमा चकटी लाउन्जको ब्रान्ड स्थापित गरिसकेका छन् । देशका अन्य थुप्रै शहरमा चकटी लाउन्ज खुल्दैछ ।
रेस्टुरेन्ट ब्यवसाय मात्र नभएर कर्णाली प्रदेशको राजधानी सुर्खेत बाट संघीय राजधानी काठमाडौं सम्म दैनिक चल्ने सबैभन्दा राम्रो रात्री बस सेवा चकटी एअर बस उनले संचालन गरिरहेका छन् । उक्त बस सेवा मध्यपश्चिम यातायात द्वारा संचालित छ।
कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सायद गोपाल बि.सीको भरपुर सहयोग र समर्थन नभएको भए सफल हुने थिएन । उनले सम्पुर्ण व्यबस्थापकीय नेतृत्व गरेका कारण मात्र सफल भएको कर्णालीका जनप्रतिनिधि र युवाले समेत दाबी गरेका छन् ।
शालीन स्वभाव, कठिन परिस्थितिमा समेत धैर्य राख्ने र सन्तुलन मिलाउन सक्ने खुबी गोपालमा छ ।
कर्णाली प्रदेशमा हुने प्रत्येक कार्यक्रम,महोत्सव र सम्मेलनमा गोपाल बि.सीको खोजी हुन्छ । यसको पछाडी उनको व्यबस्थापिकय क्षमता हो । बि.सी व्यबसाय मात्र केन्द्रित नभएर कल्याणकारी गतिविधिमा समेत उत्तिकै जोड दिइरहेका छन् ।
कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव काठमाडौं र सुर्खेतमा मात्र नभएर दैलेखको गुराँस गाउँपालिकामा समेत सम्पन्न भएको छ ।
काठमाडौंमा महोत्सवको उद्वघाटन तत्कालीन नेपाल सरकारका उपप्रधानमन्त्री पुर्ण बहादुर खड्काले गरेका थिए भने सुर्खेतमा भएको कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश प्रमुख तिलक परियार थिए ।
कार्यक्रम निर्देशक चक्र बहादुर चन्दले चलचित्र क्षेत्रका अब्बल पात्रहरूलाई सहभागी गराएर तीन तहका सरकारलाई कर्णालीमा चलचित्रको बिकास र पर्यटनलाई प्राथमिकतामा राख्न दबाब सिर्जना गरेका छन् ।