Breaking news

बर्दिया जिल्लालाई प्रतिनिधित्व गर्दै बढैयातालका युवाहरुको नमुना युवा प्रदेश सभामा सहभागिता

विश्वास चापागाई,  बर्दिया

लुम्बिनी प्रदेशको तिलोत्तमामा जेठ ८ गते देखि सुरु भएको नमुना संसदीय अभ्यास कार्यक्रम ११ गते समापन भएको छ।

४ दिने सम्म चलेको उक्त कार्यक्रम लुम्बिनी प्रदेशका सबै स्थानीय तहको गाउँसभा बाट छनौट भएर आएका युवाको प्रतिनिधित्व गर्ने ४२ जना युवाहरूको सहभागिता रहेको थियो । यसै गरी बर्दिया जिल्लालाई प्रतिनिधित्व गर्दै बढैयातालका ३ युवाहरु सपना विक, स्वस्तिका खड्का र सरिना थारूले नमुना युवा प्रदेश सभामा सहभागी जनाएका थिए ।

उनीहरूले नमुना प्रदेश सभाको रोस्टमा उभिएर विभिन्न विषय वस्तु बारे आवाज उठाएका थिए । बढैयातालका युवाहरुले नेपाली समाजमा देखिएका विभिन्न कुरीति, वेथिति जस्तै युवा रोजगार,  लागु औषध,  महिला सशक्तिकरण जस्ता विषयहरूमा आफ्ना आवाजहरु नमुना संसदमा बुलन्द रुपमा राखेका थिए ।

            रोस्टममा बोल्दै स्वस्तिका खड्का                  रोस्टममा बोल्दै सपना वि.क

कार्यक्रममा  लुम्बिनी प्रदेश सांसद तथा पुर्वमन्त्री इन्द्र जीत थारुले लोकतान्त्रिक प्रणाली शासकीय स्वरूप र राज्य सञ्चालनको प्रक्रिया,सरकार निर्माण प्रक्रिया, बजेट निर्माण, प्रदेश सभामा कानुन निर्माणको प्रक्रिया, सभामा पेस, छलफल र पारित, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका बिच अन्तर सम्बन्ध लगायतका विषयमा सहजीकरण गरेका थिए ।

लुम्बिनी प्रदेश युवा परिषद्का उपाध्यक्ष गाेविन्दबहादुर बस्नेतकाे अध्यक्षता, कार्यकारी सदस्य सराेज खनालको संचालन र डम्बर खरालकाे स्वागत मन्त्वयमा सम्पन्न उद्घाटन सत्रमा सामाजिक विकास मन्त्रालयका सचिव बिनाेद कुमार खड्का, मन्त्रालयका उपसचिव थानेस्वर ज्ञवाली, दिवकार भण्डारी, प्रशिक्षक प्रकाश उपाध्याय लगायतको उपस्थिति रहेको थियो।

 

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?