Breaking news

नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका उपमहासचिव रिजाल सवार गाडी दुर्घटनामा

मोहित पौडेल, बर्दिया ।

२ पौष , २०८०

नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका उपमहासचिव एवं कृष्णसार यातायात ब्यवसाय प्रा.लि. बर्दियाका अध्यक्ष शम्भु रिजाल सवार गाडी दुर्घटना भएको छ ।

कार्यालयको कामको सिलसिलामा काठमांडौ जाँदैगर्दा नागढुङ्गा उकालो उक्लने क्रममा बा. १८ च ४१७२ नम्बरको गाडी सडकबाट करिव ५० मिटर तल खसेर र्दुघटनाग्रस्त भएको छ ।

दुर्घटनामा परि अध्यक्षसँगै गाडीमा रहेका स्वर्गद्वारी यातायात प्रा.लि.का अध्यक्ष सुनिल बस्नेत, कृष्णसार यातायात ब्यवसायि प्रा.लि. का महासचिव रवि मल्ल र गाडी चालक बारबर्दियाका अजय थारु घाईते हुनु भएको छ ।

घाईते रिजालको छातिमा, स्वर्गद्वारी यातायात प्रा.लि.का अध्यक्ष बस्नेतको टाउको र हात तथा चालक थारु सामान्य घाईते हुनु भएको बताईएको छ ।

घाईते हरुको काठमाडौको ट्रमा सेन्टरमा उपचार पश्चात डिस्चार्ज भएका छन् भने अध्यक्ष रिजाललाई थप उपचारका निम्ति केहि दिन अस्पतालमा नै भर्ना गर्नु भर्ने अस्पताल स्रोतले जनाएकोछ । उहाँहरु पुष १ गते बर्दियाबाट काठमांडौ हिड्नु भएको थियो सोमबार बिहान करिव ३ः४० बजेको समयमा गाडी र्दुघटना भएको हो ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *