Breaking news

नालीमा एक पुरुषको शव फेला

२० मंसिर, २०८०

धनुषामा एक पुरुषको शव फेला परेको छ। सबैला नगरपालिका-९ कुशमाहाका ३५ वर्षीय राम शंकर रायको शव बुधबार साँझ फेला परेको हो।

सबैला नगरपालिका- ३ स्थित हनुमान मन्दिर देखि दुर्गा मन्दिर जाने बाटोको नालीमा रायको शव फेला परेकाे इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक सुन्दर चौलागाइले बताए।

अत्यधिक मदिरा सेवन गरेका राय शौच गर्न गएको बेला नालीमा खसेर मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

रायको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?