Breaking news

इनारमा डुबेर एक जनाको मृत्यु

२६ मंसिर, बर्दिया

भक्तपुरको तथालीमा आफ्नै घरको इनारमा डुबेर एक जनाको मृत्यु भएको छ।

चाँगुनारायण नगरपालिका वडा नं-९ ताथली राम मन्दिर नजिकै बस्ने ५२ वर्षीय राम खड्काको मंगलबार इनारमा डुबेर मृत्यु भएको हो।

खड्का घरमा चिया खाएर बाहिर निस्किएका थिए। त्यस पश्चात् उनी सम्पर्कविहीन भए। निजका छोरा कन्चन खड्काले उनको खोजी गर्न क्रममा आफ्नै घरको अन्दाजी २५ फिट गहिरो इनारमा मृत अवस्थामा फेला पारेका थिए।

घटनास्थलमा प्रहरी वृत्त जगाती भक्तपुरबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिई प्रारम्भिक अनुसन्धान कार्य गरिएको भक्तपुर प्रहरी परिसरले जनाएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?