Breaking news

मुगुको सोरु गाउँपालिका केन्द्र निर्धारणमा नेताको आफ्नै स्वार्थले ७ वर्षसम्म पनि अन्योलमा

कमल बिक,मुगु

जिल्ला स्थित सोरु गाउँ पालिकाको केन्द्र निर्माण नहुँदा पूर्बाधार निर्माणमा समस्या परेको छ ।

नेताकै स्वार्थका कारण स्थानीय तह संचालनको ७ वर्ष बितिसक्दा सम्म पनि केन्द्र निर्धारण नहुँदा गाउँपालिकाले भौतिक संरचना निर्माण गर्न सकेको छैन ।

नेपालका ७ सय ५३ वटा स्थानीयतह मध्ये मुगुको सोरु गाउँपालिकाले अझै केन्द्र निर्धारण गर्न नसक्दा पूर्बाधार निर्माणमा बाधा उत्पन्न भएको छ ।

उक्त गाउँपालिकाको ६ वटा वडाका जनप्रतिनिधिले जिमा कुलाहाँ र ५ वटा वडाका जनप्रतिनिधिले सोरुकोटमा केन्द्र हुनु पर्ने माग सहित एक आपसमा कुरा नमिल्दा अन्योल उत्पन्न भएको छ

जिमा कुलाहा पालिका केन्द्र हुनु पर्छ भनेका छौ वडानं.–९ का वडाअध्यक्ष सागरसम्शेर शाहीले बताए । सोरुकोटमै पालिका केन्द्र उपयुक्त हुने वडानं–२ का वडाअध्यक्ष ऐनबहादुर शाहीको भनाई छ ।
सोरू गाउँपालिकाका निवर्तमान अध्यक्ष लोक ब शाहीले ५ बर्ष सम्म जिल्ला बन डिपाे भवनमा कार्यालय राखेर दिन बिताए जनप्रतिनिधिलाई नै पालिका केन्द्र तोक्न सकेनन् ।

अहिले सोरुकोटमा पालिकाले आरसिडिसीले बनाइदिएको दुई तले भवनबाट कार्यसम्पादन गर्दै आएको छ । स्थानीयतह संचालन भएको साढे ६ बर्ष सम्म पालिका केन्द्र निर्धारण नहुँदा भौतिक संरचना निर्माणमा ढिलाई भएको छ ।

मुगुको चार वटा स्थानीयतह मध्ये छायाँनाथ रारा नगरपालिका, खत्याड र मुगुम कार्मारोङ गाउँपालिकाले पहिलो कार्यकालमै केन्द्र निर्धारण गरि भौतिक पूर्बाधार निर्माण गरि सकेको छन भने सोरु गाउँपालिकाको केन्द्र निर्धारण नहुँदा जग्गा खरिद देखि पूर्बाधार निर्माणमा बाधा परेको छ ।

पालिकाको पहिलो ५ बर्षे कार्यकाल सोरुकोटमा रहेको बन डिपोको जिर्ण भवनमा बित्यो । हरेक बर्षको हिउदे र बर्खे बजेट गाउँसभामा पालिकाको केन्द्र निर्धारणको लागि जनप्रतिनिधिले कुरा उठान गर्ने र अन्तिममा कुनै टुंगोमा नपुग्ने गरेको छ ।

मुगु कर्णाली नदी वारि र पारिको बिबादले गर्दा पालिकाको केन्द्र निर्धारण गर्न कठिन भइरहेको अध्यक्ष धर्मबहादुर शाहीले भने ।पालिका केन्द्र निर्धारणको निम्ति गाउँसभामा छलफल मात्र हुने र वडाअध्यक्ष वडा सदस्यको बिबादले टुंगोमा नपुगिने उनको भनाई छ ।
यस्तै जनप्रतिनिधिहरु भित्र आन्तरिक विवादका कारण ७ बर्ष बितिसक्दा सम्म पनि पालिकाको केन्द्र नतोकिनुमा केन्द्र निर्धारण एक अर्कालाई दोषारोण गर्नु जनप्रतिनिधिहरिलाई नै गिज्जाईरहेको छ ।

संघीय सांसद ऐनबहादुर शाही, कर्णाली प्रदेश भौतिक पूर्बाधार बिकास मन्त्री मंगलबहादुर शाही र निर्बतमान प्रदेश कृषि मन्त्री चन्द्रबहादुर शाही सोरु गाउँपालिकाको बाहुल्यता रहेको सोरु गाउँ पालिकामा आफनै पालिकाको केन्द्र निर्धारणमा नेताले स्थानीय तहका जनप्रतिनिधिलाई दबाब नदिएका स्थानीयको गुनासो छ ।

सोरु गाउँ पालिकाको ५५ वटा बस्ती मध्ये कालै, खनाया, कच्चे, तारापानी, सिप, सोरुकोट, नार्थपु, जवलधारा, जडेपानी, धुपी, बन्जाहा, पुरुमुरु, जिमा गाउमा सडक पुगि सकेको छ भने बाँकी बस्तीमा सडक निर्माण कार्यलाई तिब्रता दिइएको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *