Breaking news

सरसफाई अभियानमा सक्रिय हुँदै बढैयातालका युवाहरु

सपना विक , बढैयाताल

पछिल्लो समय बढैयातालका युवाहरु सामाजिक कामहरूमा निकै नै सक्रिय रहेका छन् ।

जेठ ३० गते बुधबारका वडा नं ८ मा युवाहरूले सरसफाई अभियान सञ्चालन गरी समापन गरेका छन् ।

प्लान नेपाल र बि -ग्रुपको साझेदारीमा सञ्चालित बालविवाह, छिटो विवाह र जबरस्ती विवाह रोकथाम परियोजना अन्तर्गतका COC का किशोरीहरु र बढैयाताल ८ का “प्रतिभाशाली” युवा क्लब का किशोरीको समन्वय मा बढैयाताल वडा नं ८ मा  जेठ ३० गते बुधबारका वडा नं ८ को कार्यालयदेखि नयाबस्ती फुटबल  मैदानसम्म सरसफाई अभियान तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

यस युवा क्लबका युवाहरूले विगत देखि विभिन्न सामाजिक अभियानहरू सञ्चालन गर्दै आइरहेका छन्। फोहोर मैला का कारणबाट लाग्ने विभिन्न रोगहरूबाट बच्नको लागि र “हाम्रो बढैयाताल राम्रो बढैयाताल” बनाउन का लागि यस सरसफाई अभियान तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो।

युवा क्लबकी अध्यक्ष स्वस्तिका खड्का भन्छिन्” परिवर्तन आजैबाट र आफैबाट सुरु गरौं परिवर्तन सम्भव छ”। उनी भन्छिन् “युवाहरूले गरेका यस्ता अभियानबाट समाजमा सकारात्मक परिवर्तन देख्न सकिन्छ त्यसैले युवाहरु लाई अवसर दिनुपर्छ”।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *