Breaking news

पिएसजी न्युकासलसँग हारबाट जोगियो

 

एजेन्सी – अन्तिम समयमा पेनाल्टी दिन पुग्दा इंग्लिस टोली न्युक्यासल युनाइटेड फ्रेन्च टोली पिएसजी विरुद्ध जितबाट बन्चित भएको छ । पिएसजीको घरेलु मैदान प्रिन्सेस पार्कमा भएको खेल १-१ को बराबरीमा सकिएको हो । यस बराबरीले पिएसजी अंक तालिकाको दोस्रो स्थानमा न्युकासल भन्दा १ अंकले अघि बस्न सहयोग पुग्यो ।

पिएसजीको घरेलु मैदान प्रिन्सेस पार्कमा भएको खेल १-१ को बराबरीमा सकिएको हो । यस बराबरीले पिएसजी अंक तालिकाको दोस्रो स्थानमा न्युकासल भन्दा १ अंकले अघि बस्न सहयोग पुग्यो ।

खेल न्युक्यासल युनाइटेडको पोल्टामा पर्ने लगभग पक्का भएको अवस्थामा घरेलु टोलीले पेनाल्टी पाएको थियो । न्युक्यासलका डिफेन्डर टोनी लिभ्रामेन्टोले ह्यान्डबल गरेपछि पेनाल्टी भएको थियो । इन्ज्युरी समयको आठौं मिनेटमा कीलियन एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै पिएसजीलाई महत्त्वपूर्ण एक अंक दिलाउन सफल भए ।

यसअघि २४औं मिनेटमा न्युक्यासलले अलेकज्यान्डर ईसाकको गोलमा अग्रता लिएको थियो । मिगेल एल्मिरोनको प्रहार पिएसजी गोलरक्षक डोनारुमाले बचाएपछि रिबाउन्डमा ईसाकले गोल गरेका थिए ।

यस्तै सोही समूहमा बोरुसिया डर्टमण्ड एसी मिलान विरुद्ध ३-१ को जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको छ । घरेलु मैदान सिग्नल इडूना पार्कमा भएको खेलमा डर्टमण्डका लागि मार्को राेइस, जेमी बाइनोई -गिटन्स र करिम अडेयेमीले समान एक एक गोल गरे । मिलानका लागि भने एक गोल सामुयल चुकवेजेले गरेका थिए ।

यस समूहमा डर्टमण्ड ५ खेलमा १० अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको पिएसजीको ७ अंक छ । न्युक्यासलको ६ अंक रहँदा मिलानको भने ५ अंक छ ।

अन्तिम चरणका खेलमा डर्टमण्ड र पिएसजी भिड्ने छन् भने न्युक्यासल र मिलान आमने-सामने हुनेछन् ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *